Search

गौरीशंकर च्छोरोल्पा मिडियाको बार्षिक साधारण सभा सम्पन्न, बिभिन्न क्षेत्रका बिधालाई सम्मान पत्र प्रदान

गौरीशंकर च्छोरोल्पा मिडियाको बार्षिक साधारण सभा सम्पन्न, बिभिन्न क्षेत्रका बिधालाई सम्मान पत्र प्रदान

२६ फागुण, बाँपिझ्याला, दोलखा । गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.ले काठमाडौंको बत्तीसपुतली स्थित तपस होटलमा आफ्नो चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त अवसरमा ‘दोलखा शैलुङ साँझ २०८०’ कार्यक्रमको आयोजना गरिएको छ । साथै यसरी आयोजित कार्यक्रममा समाज बिभिन्न क्षेत्रमा सहयोग र सद्भाव राख्र्दै आउनु भएको संघ–संस्था र पत्रकारहरुलाई सम्मान गरिएको छ । यसै गरी उक्ता कार्यक्रममा नेपालका लोक गायनका बरिष्ठ गायक कुमार बस्नेतलाई अभिनन्दन गरिएको थियो ।

गौरिशंकर च्छोेरोल्पा मिडिया प्रा.लि.का अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभपातित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशसभा सदस्य एवं बागमती प्रदेश संस्कृती पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठको उपस्थिती रहेको थियो । यसै गरी विशिष्ट अतिथिमा अभिनन्दित व्यक्तित्व नेपालका लोकगायनका बरिष्ठ गायक कुमार बस्नेत र समाजसेवी शोभित उप्रेतीको उपस्थित हुनु भएको थियो ।

यसै गरी अन्य अतिथीहरुका दोलखाली साहित्यिक फाँटका उज्ज्वल व्यक्तित्व राधेश्याम लेकाली, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका नेता सुन्दर खड्का, नेपाली काँग्रेस दोलखा जिल्ला समितीका सभापति वर्मा लामा, नेकपा एमालेका जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव ज्योती श्रेष्ठ र एकिकृत समाजवादीका जिल्ला नेताको उपस्थिति थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागार्ईं सहित अनलाइन पत्रकार, राष्ट्रिय पत्रकार, गायककार, नृत्यांगनाहरू, समाजसेवी, दोलखाली साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

माननीय दिपेन्द्र श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेर औपचारिक कार्यक्रमको थालनी गरिएको थियो । यसपछी कार्यक्रमको शीर्षक अनुरुप कुन्ती मोक्तानद्वारा गाइएको ‘माथि माथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई’ गीतको बोलमा शैलुङकै नृृत्य कलाकारहरूबाट नृत्य प्रस्तुत गरी कार्यक्रमलाई अगाडी बढाईएको थियो ।

दोलखाली पत्रकार चिरञ्जीवी मास्केले शैलुङको गरिमा र महत्व बारे प्रकाश पार्दै मन्तव्य व्यक्त गरेका थिए भने । पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौंलागाईं र दोलखाली पत्रकार समाजका अध्यक्ष ज्ञानेन्द्र कार्कीले शुभकामना मन्तव्य दिनु भएको थियो ।

यसै गरी साहित्यिक विधा अन्तर्गत बालकृष्ण थपलियाले कविता वाचन गर्नुका साथै गायकगायिका अनिल श्रेष्ठ र लक्ष्मी शर्माले दोहरी गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा अमृत खाती र बेकुण्ठ महतले आफ्ना गीत प्रस्तुत गरेका थिए । यसै गरी कार्यक्रममा फेसन शो प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि माननीय दिपेन्द्र श्रेष्ठबाट प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा शिक्षक सुन्दर खड्का र संतोष श्रेष्ठ, साहित्यमा बालकृष्ण थपलिया, उत्कृष्ट भिडियो सम्पादन विनोद बम, कलाकार अमित पल, बालकृष्ण्ण दाहाल सहित सम्मानित हुुनेमा नेप्लिज फेशन होमकी हेमा मानन्धर र द्वाल्खा म्यासमुचा खलकका लागि विश्वलक्ष्मी श्रेष्ठ थिइन् । कार्यक्रमको उद्घोषण नरहरि उपाध्यायलो गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!