२६ फागुण, बाँपिझ्याला, दोलखा । मेहरमान फाउण्डेशनको बार्षिक साधारण सभा सम्पन्न दियालो फुडल्याण्ड बसुन्धरामा सम्पनन भएको छ । उक्त साधारण सभा तथा बार्षिक अधिवेशनले टिकानारायण प्रधानको अध्यक्षतामा १३ सदस्यीय समिती सर्वसम्मती चयन गरिएको छ ।
जसमा उपाध्यक्ष राष्ट्रभुषण प्रधान, सचिव उपेन्द्र प्रधान, कोषाध्यक्ष माधवनारायण प्रधान, सदस्यहरुमा नहेन्द्र प्रधान, मुक्ती प्रधान, गुणकेशरी प्रधान, लक्ष्मी प्रधान, विमा प्रधान, निरु प्रधान, अजय प्रधान, अनुप प्रधान, र आशिष प्रधान रहेका छन् ।
यसै गरी सल्लाहकार समितीहरुमा धुर्वनारायण प्रधान, कृष्णनारायण प्रधान, लवकुस प्रधान, देवेन्द्रनारायण प्रधान, रेखा प्रधान, नानिशोभा प्रधान, भगवती प्रधान, र कल्याणी देवी श्रेष्ठ रहेको छ ।
बार्षिक कार्यक्रममा प्रस्तुत आर्थिक प्रतिवेदन, बार्षिक प्रतिवेदन र प्रस्तावित कार्यक्रमहरु सर्वसम्मतीले पास गरिएको छ भनी अध्यक्ष टिकानारायण प्रधानले बताउनु भयो ।
साथै उक्त प्रस्तावित कार्यक्रमहरुको बारेमा कार्यसमिती बिच बसेर बिस्तृत छलफल गरे पश्चात सार्वजनिक गरी अगाडी बढ्ने समेत उहाँले बताउनु भयो ।