२५ फागुण, बाँपिझ्याला । दोलखामा प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगी सम्पन्न भएको छ । यसरी सम्पन्न प्रतियोगिताको उपाधी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पार्न सफल भएको छ ।
सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा सम्पन्न आज भएको सेमिफाईनल खेलमा दोलखाको जिरी नगरपालिकालाई पराजित गर्दै प्रतियोगिताको उपाधी हासिल गरेको छ । यसै गरी जिरीले दोस्रो स्थान हासिल गरेको छ । प्रथम स्थान हासिल गरेसँगै मेलम्चीले २ लाख ५१ हजार नगद शिल्ड मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो स्थान हासिल गरेका जिरीले १ लाख ५१ हजार, शिल्ड मेडल र प्रमाण पाएको छ ।
आज बिहान रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिकाबीच भएको खेलमा कमलामाई नगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । यसरी कमलामाई नगरपालिकाले ३–१ को सेटमा मन्थली नगरपालिकालाई पराजित गरेको हो ।
यसरी तेस्रो भएसँगै कमलामाई नगरपालिकाले ५१ हजार र सान्त्वना भएको रामेछापको मन्थली नगरपालिकाले २१ हजार शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । दोलखा युवा सञ्जालको आयोजनामा सञ्चालन भएको खेलमा बागमती प्रदेशभित्रका १४ वटा समुहको सहभागीता रहेको थियो ।