नारी सन्दर्भका पानाहरू पल्टाएर हेर्दा साँसारिक मायाजालदेखि व्यावहारिक चालस्म्म नारीको महिमा अपरम्पार भेटिन्छ । पुरुषले समुद्र सतहदेखि अनेकौं कष्ट झेलेर संसारकै सबैभन्दा अग्ला शिखरमा पुगेर उच्चनाम राख्न सफल भए तापनि वेशक्याम्पमा पुगेर लोकप्रिय बन्न सकेकी नारीको इज्जत भनौं या प्रतिष्ठा जति जोगाउन सक्षम हुन्छन् त्यसमा पुरुष एककदम पछाडि नै परेको हुन्छ ।
नारीको गाथालाई सिमित घर व्यवहारको पर्खालभित्र सिमित हुन्छ, चुल्हो, कुचो, वर्तन र सृङ्गार मात्रै नारीको जिन्दगानी हो भनेर कुनै पुरुषले मनमा गुन्न थाल्छन् भने त्यो पुरुषले नारीको वास्तविकता बुझेका छैनन् भनेर बुझ्दा फरक पर्ने छैन । यथार्थ यो धरातल नै नारीको अस्तित्व हो । त्यसैले त यस धर्तीलाई माता भनेर सम्मानताका साथ हामी पूज्दै आएका छौँ । आकाशलाई पुरुष याने कि पिताको संज्ञामा आदर गरिएपनि त्यो खालि शून्य हो । जसलाई न नक्षत्रले स्पर्श गर्न सक्छ, न नौ ग्रहले नै आकाशबाट केही प्राप्त गर्नसक्छ । एउटा पिताको रुपमा आकाशले संसारको नाम दिन चाहेर पनि धर्तीमाताले जस्तो भौगोलिक रुपमा, प्राकृतिक रुपमा संसारका प्राणीको जीवन उत्थानका लागि सदैव प्रलय र प्रकोपको प्रताड्ना सहेर बसेकी हुन्छन् त्यसैले नारीमा सहनशीलता भरिएको हो त ।
अब संसारका नारीको महिमाकै कुरा गर्नुपर्दा राजा रजौटादेखि प्रजासम्म पनि नारीको अस्तित्व र महत्वको वर्णन गर्न त्यति सहज नहोला । अन्तर्राष्ट्रिय जगतमा हामीले नाम सुनेका एक लोकप्रिय महिला जर्मनीकी क्लारा जेट्किन् । जसले श्रमिक महिलाहरूको हितलाई ध्यानमा राखेर १२–१४ घण्टा लगातारको श्रम गरेर पनि उचित पारिश्रमिक नपाएपछि श्रम समय छोट्याउनको लागि आवाज उठाएकी हुन् ।
क्लारा जेटकिन एक जर्मनी नारी थिइन् तिनको जन्म सन् १८५७, ५ जुलाई लिपगिज, जर्मनमा भएको थियो । एउटा सामान्य परिवारमा जन्मेकी क्लारा जेटकिन् सानैदेखि अति नै चलाख रहेकी क्लाराले प्राथमिक शिक्षा पार गरेर उच्च स्तरको शिक्षा हासिल गर्न आपैmले खर्च जुटाउन बाध्य हुनुपरेकोले त्यसैले श्रमिक बन्न बाध्य भएर काम गर्न जाँदा काममा मात्रै बढी समय दिनपर्ने भएकोले पढाइमा त्यत्ति समय दिन असमर्थ हुँदा शिक्षा हासिल गर्न कठिनाई हुने र घरपविारमा समेत समय दि नपाउँदा विभिन्न तनाव खेप्नु परेको स्थितिले सबैको अवस्थालाई मध्यनजर राखेर क्लाराले समूह खडा गरेर आवाज उठाएकी थिइन् ।
यो समय सान्दर्भिक आवाजलाई उचित ठानेर नै संयुक्त राष्ट्र संघले मार्च ८ तारिख को दिनमा हरेक महिला श्रमिकहरूलाई प्रति दिन ८ घण्टा मात्र काम गराउने घोषणा गरे ।
त्यही भएर नै विश्व भरका महिलाहरूले आजको दिनलाई उत्सवको दिनको रुपमा मान्दै आएका हुन् । यसरी नै विश्वका चर्चित नारीहरुमा आफ्नो निर्णयलाई कसैको इसारामा नबदल्ने बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचर, बाल अधिकार र बाल शिक्षामा लाग्ने पाकिस्तानकी मलाला युसुफजेइ, प्रजातन्त्र र मानव अधिकारकर्मी आङ सान सूकी, अमेरिकी विदेशमन्त्री क्लिन्टन, समाजसेवी मदर टेरेसा, म्यैडम क्यूरी जस्ता नारीहरू छन् ।
अनि दुःख लाग्दो कुरा पनि नभएको होइन नेपाली केही नारीहरूको चालचलन गर्दा अभैm चेतना खुल्न नसकेको पो हो कि भनेर । समयको बदलावसंगै अनेकौँ नयाँ नयाँ प्राविधिक ज्ञान र विज्ञानको युगमा आएर पनि प्रविधिलाई गलत प्रयोग गरिरहने नारीहरूको पनि संख्या कम छैन झन् दिनप्रतिदिन वृद्धि हुँदै गएको पाइन्छ ।
जस्तो कि टिकटक, युट्युब, ट्वीटर, इन्स्टाग्राम जस्तो सामाजिक सञ्जालमा आफ्नो अमूल्य समय खेर फालेर अनावश्यक कुराहरूमा समय खर्चिनुभन्दा केही उद्यमी, सिप र ज्ञानका कुरालाई बाँडफाँड गरेमा उत्तम होला कि ?
यो श्रमिक शब्दको उपहास नगरीकन हरेक महिलाहरूको उत्थान र अभ्यूदयको लागि सबैले आत्मसाथ गरौँ भन्ने सोचका साथ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस सभ्य र भव्यताका साथ सmल होस् भन्ने कामना गर्दछौ । जय नारी ! जय जननी !