Search

यू–१६ महिला फुटबल : आज नेपाल र भारतबिच प्रतिस्पर्धा

यू–१६ महिला फुटबल : आज नेपाल र भारतबिच प्रतिस्पर्धा

२४ फागुण, बाँपिझ्याला, काठमाण्डौं । राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदै छ । नेपाल र भारतबिचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ ।

चार देश सहभागी यस प्रतियोगितामा बङ्गलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । आज भारत र नेपालबिचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ ।

भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७–० को जित निकालेको थियो । नेपालले भुटानमाथि ३–० को जित निकालेको छ । यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । भारत बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

यसैगरी, भुटान र बङ्गलादेशबिचको समूह चरणको अन्तिम खेल शुक्रबार हुने छ । भुटान दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ । फाइनल खेल आइतबार हुने छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!