२० फागुण, बाँपिझ्याला, काठमाण्डौं । काठमाण्डौ महानगर प्रहरीले काठमाण्डौको सुन्धारामा सडक व्यापारीहरुलाई हटाउने क्रममा पत्रकार पदमप्रसाद पोख्ररेलमाथि गरेको आक्रमणप्रति श्रमजीवी पत्रकार संगठनले गम्भीर ध्यानाकर्षण रहेको भन्र्दै महानगर प्रमुख बालेन शाहलाई आज श्रमजिवी पत्रकार संघले ज्ञापन पत्र बुझाएको छ । श्रमजिवी पत्रकार संघका अध्यक्ष जन्मदैव जैशीको नेतृत्वमा गएको टोलीले उक्त ज्ञापन पत्र बुझाएको हो ।
गएको हप्ताको बुधवार सांझ महानगर प्रहरीले बल प्रयोग गरी सडक व्यापारीलाई हटाएको भिडियो खिचिरहेका पोखेललाई आफ्नो परिचय पत्र देखाउँदा देखाउदै कुटपिट, धरपकड र परिचयपत्र, मोबाईलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरु जफत गरेको थियो । घाईते पत्रकार पोख्ररेल राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछि अहिले आराम गरिरहेको छ भनी जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसै गरी विज्ञप्तीमा भनिएको छ, आफुलाई पत्रकार भनेर चिनाउँदा चिनाउदै महानगर प्रहरीले गरेको यस्तो कार्य संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा विरोधी कार्य भएको हाम्रो ठहर छ । यसप्रकारको संविधान विरोधी कार्य नगर्न हामी महानगरको गम्भीर ध्यानाकर्षण गराउँदछौं । साथै क्यामरा खोस्ने क्रममा घाईते भएका पत्रकार पोखेल सहित सवैको स्वास्थ्य उपचारको ज्ञारेन्टी गर्न र जफत गरिएका सामाग्रिहरु यथासक्य छिटो फिर्ता गर्न श्रमजीवी पत्रकार संघ, नेपाल जोडदार माग गर्दछ भनीएको छ ।
प्रेस स्वतन्त्रताको रक्षाको लागि दबाबमुलक कार्यक्रममार्फत अगाडि बढ्न बाध्य हुने चेतावनी दिर्दै घाईतेको उपचार नगरी गल्ती दोर्याउने गरी वास्ता नगरेमा काठमाण्डौं महानगरपालीकाको गेटमा धर्ना बस्ने घोषणा अध्यक्ष जन्मदेव जैसीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।