दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ गणेश टोलमा बा दिवंगत सोमबहादुर खड्गी (कान्छा नाई) र आमा हर्कमायाँ खड्गीकी कोखबाट २०४३ साल माघ २ गते जेठा छोरा भएर जन्मेका विष्णु नारायण खड्गी हुन् ।
दोलखा जिल्ला कै नमुना प्राथमिक विद्यालय तत्कालिन राजकुलेश्वर प्राथमिक विद्यालय हालको राजकुलेश्वर आधारभुत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरी दोलखा जिल्लाकै दोश्रो पुरानो स्कुल तत्कालिन भीम पब्लीक हाईस्कुल र हालको भीम माध्यमिक विद्यालयमा कक्षा ९ सम्म अध्ययन पुरा गरी विचमा पढाई छोड्नु भयो ।
विष्णुनारायण खड्गी परिवारको साथमा
वि.सं. २०६० सालमा भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा शास्ती निवासी बा सुनबहादुर खड्गी र आमा सुन्दरी खड्गीकी कान्छी छोरी रिना खड्गीसंग बैबाहिक जिवनमा बाधिएका विष्णुनारायण खड्गीको दुई छोरी विन्दीया खड्गी, श्रेया खड्गी र एक छोरा बरदान खड्गीका बा हुनु हुन्छ ।
जेठी छोरी विन्दीयाले त्रिचन्द्र कलेज जमलमा माईक्रो वाईलोजी विषय लिई स्नातक तहमा अध्ययनरत छिन् । यसै गरी कान्छी छोरी श्रेयाले क्यानभास कलेज बसुन्धरामा कक्षा ११ मा अध्ययनरत छिन् । कान्छा छोरा बरदानले जेम्स स्कुलमा कक्षा १ मा अध्ययनरत छन् ।
वि.सं. २०६३ सालमा रोजगारीको सिलसिलामा काठमाण्डौं आउनु भएका खड्गी विष्णुनारायण काठमाण्डौं आएर डल्लुस्थित टायल मार्वल पसलमा करिव ६ महिना काम गरे पश्चात कामकै सिलसिलामा वि.सं. २०६३ सालमै दमौली गई त्यही पनि चाउचाउ कारखानामा काम गर्न थालिन् । यसै गरी पुनः काठमाण्डौं फर्कि फेरी टायल कारखानामा नै काम गर्दा गर्दै दोलखाका समाजसेवी हेमराज श्रेष्ठसँग भएको भेटघाटले आफ्नो भाग्य खुलेको बताउछन् ।
यसरी समाजसेवी हेमराज श्रेष्ठ सँगको भेटघाट सँगै दिवंगत बसन्त मानन्धरसँग भेटघाट भए पश्चात विहान र बेलुका बसन्त मानन्धरको कोल्ड स्टोरमा काम गर्ने र दिउँसो हेमराज श्रेष्ठ र बसन्त मानन्धरको ग्रिल लेथ मेसिन कारखाना नयाँबजारमा काम गरेको अनुभव सुनाउनु हुन्छ ।
विष्णुनारायण खड्गी श्रीमतीको साथमा
यही क्रममा पछी लेथ मेसिन कारखाना बन्द भए पश्चात दिवंगत बसन्त मानन्धरको काठमाण्डौं म.न.पा. वडा नं. १६ तुफानचोक स्थित बेबी कोल्ड स्टोरमा काम गर्दे आफ्ना दुई छोरी र एक छोरालाई पढाउदै श्रीमती रिना खड्गीसँग सुखद् जिवन विताउँदै आएको अनुभव बताउनु हुन्छ ।
बुबा सोमबहादुर खड्गीले आफु भाई र आमालाई छोडेर गएपनी आफ्नौ हैसिएत अनुसार आमालाई हेरचाह गरेको र हाल आमा कान्छा भाई कृष्णनारायण खड्गीसँग दोलखामा बस्दै आउनु भएको छ भनी जानकारी दिनु भयो ।
खड्गी परिवारका एक सदस्य विष्णुनारायण खड्गीले आफ्नो दुई छोरी र एक छोरालाई पढाउनको लागि धेरै दुःख र मेहनत गरेको अनुभव सुनाउँदै अहिले छोरी केही बर्षमा डाक्टर बन्ने छ भनी खुसी व्यक्त गर्नु हुन्छ ।
यो एउटा मेरो सपना थियो कसरी दुई छोरी अनी एक छोरालाई पढाउने भनेर तर भगवान दोलखा भीमेश्वरको आर्शिवादले छोरीहरु र छोराले आ–आफ्नो बाटो समाएको र भोलीका दिनमा कान्छा छोरा बरदानले पनी सोही अनुसार बाटो लिनेमा आफु आशावादी रहेको बताउनु भयो ।
विष्णुनारायण खड्गी आफ्नो व्यवसायमा
सघर्ष जिवनको एक अभिन्न अङ्ग भएको र सोही अनुसार मैले पनी काठमाण्डौं आएर दुःख मेहनतले बालबच्चालाई हुर्काइ बढाई दुःख गरेर पढाई रहेको छु । सोही अनुसार उनीहरुले पनी मेहनत गरी रहेकोले मेरो सपना पुरा हुनेमा म र मेरी धर्मपत्नीले आशावादी छौं । अनी हामी दुई उनीहरु प्रति गौरव गछौं भनी बताउनु भयो ।
अन्तमा मेरो र परिवारको जिवनी यस बाँपिझ्याला डटकम मार्फत विशेषतः दोलखावासी बा आमा, दाजुभाई दिदीबहीनी र शुभचिन्तक नेपालीहरुको जानकारीको लागि लान सहयोग गरेकोमा बाँपिझ्याला डटकम परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
यसै गरी सधै दोलखाको सत्य तथ्य समाचार अनी भाषा संस्कृतीको संरक्षणमा सहयोग र सधै जन्मुभूमी दोलखा प्रति जिम्मेवारी बहन गर्दै अगाडी बढ्न प्रेरणा मिलोस् भनी भगवान दोलखा भीमेश्वरमा आफु र आफ्नो परिवारको तर्फबाट प्रार्थना गर्दछु भनी खुसी व्यक्त गर्नु भयो ।