१७ फागुण, बाँपिझ्याला, दोलखा । नेकपा एमाले दोलखा–काठमाण्डौं सम्पर्क मञ्चको १२ औं अधिवेशन यही फागुन १९ गते काठमाण्डौं स्थित तुलसीलाल स्मृती प्रतिष्ठान हलमा हुन गईरहेको छ । उक्त सम्पर्क मञ्चको अधिवेशनमा एमालेको दशौं दोलखा जिल्ला अधिवेशनबाट पारित दस्तावेजको बारेमा छलफल हुने थाहा भएको छ ।
यसरी हुन गईरहेको एमाले दोलखा–काठमाण्डौं सम्पर्क मञ्चको अधिवेशनको बारेमा दोलखा जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर यस्तो अभिव्यक्त दिनु हुनु हुन्छ ।
राजधानी रहेको उपत्यका र प्रवास यस्तो ठाउँ हो जहाँ हरेक जिल्लाको आधा पार्टी काम हुन्छ । जिल्लामा हुने हरेक राजनीतिक कामको बागडोर उपत्यका र प्रवासमा हुन्छ । स्रोत व्यवस्थापनको रूपमा मात्र हेरिने ती ठाउँले जिल्लामा हुने राजनीतिक लयमै फेरवदल ल्याएको उदाहरणहरू छन् ।
पार्टीको निर्वाचनमा मतदान गर्नेदेखि राजनीति कता लाने भन्ने साचो उपत्यका र प्रवासमा रहेका दोलखाली जिल्लावासीको हातमा देखियो । त्यसैगरी उपत्यकाको पार्टी विशेष ढंगले चलायमान गराउनु पर्छ । त्यसको कार्ययोजना बनाउन त्यता कै कमिटीलाई सघाउनु पर्छ ।
विदेशमा रहेका दोलखा जिल्लावासीलाई आकर्षित गर्ने र पार्टी राजनितीमा जोड्नुपर्छ । राजनीतिमा नयाँपन नदेख्दा विदेशमा रहेकाहरूले नयाँ र स्वतन्त्रहरू रोज्ने अस्थायी र विचलित नयाँपुस्ताको राजनीतिक चिन्तनलाई वदल्ने योजना खोज्न अधिवेशनले म्यान्डेट दिएको भनी उल्लेख गर्नु भएको छ ।
विधान अनुसार राजधानीमा सम्पर्क मञ्च र प्रदेशमा कमिटी निर्माण भै परिचालित छ । तर कमिटीको भूगोलसँग जोडिने खास नीति छैन । केन्द्रीय कमिटीले जिल्ला वाहिर कृयाशील कमिटीलाई भूगोलसँग जोड्न विधि तय गर्नुपर्छ ।
जिल्ला अधिवेशनहरूमा सम्पर्क कमिटी र प्रवास कमिटीलाई प्रतिनिधित्व गराउने सवालमा वैधानिक व्यवस्था नहुदा अन्यौलता कायम छ र ती कमिटीहरूमा निरासा छाएको छ भनी वहाँले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत विचारहरु सार्वजनिक गर्नु भएको छ ।