Search

लघुकथा–अफसोच

लघुकथा–अफसोच

मिसु श्रेष्ठ

सम्बन्धहरूको लेनदेनमा भौतिक बस्तुहरूको बाँडफाँड राम्रै भए । पत्नीले नगद, जग्गा र घर पाइन् । पतिले आफ्नो जैविक अंश स्वरूप छोराछोरी रोज्यो ।

बाँडफाँड सकिए । गुनासा निख्रिए । आक्रोश रित्तिए । द्वेषहरू पखालिए । कुचो लगाइए । पोछा लाग्यो । न कुनै तुस न आश बाँकी रह्यो । दुबै स्वतन्त्र भए । दुबै जितको भारी बोक्दै पृथक गन्तव्यको यात्रा तय गरे ।

कदमहरू अघि बढ्दै थिए, पछि(पछि काँडा विछ्याउँदै गए । जति जति भौतिक दूरी बढ्दै गए । उति(उति केही छुटेजस्तो दुबैलाई महसुस हुँदै गए ।

फर्केर हेरे ।
दुवैका आँखा जुधे ।

पलभरमै दुबैले आफैलाई नियाले ! ह्रदयको अन्तस्करणमा पल्लवित प्रेमको मुना न बढारिएछ ! न पुछिएछ ! न त निमोठिएछ !

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!