Search

दोलखा जिल्ला प्रशासन कार्यालयले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण सम्वन्धि सूचना जारी

दोलखा जिल्ला प्रशासन कार्यालयले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण सम्वन्धि सूचना जारी

१३ फागुण, बाँपिझ्याला, दोलखा । दोलखा जिल्ला प्रशासन कार्यालय चरिकोट दोलखाले आज एक सूचना सार्वजनिक गरिएको छ । उक्त सार्वजनिक सूचनामा दोलखा जिल्लामा कसैको आफ्नो निजि स्वामित्वको जग्गा भोगचलन बाहेक सरकारी तथा सार्वजनिक स्वामित्वमा रहेको ऐलानी, सन्धिसर्पण, गौचरण, घाट, आदी जग्गाहरु कसैले आफ्नो नाममा दर्ता गरी भोग चलन गरेको भए सोको प्रमाण उपलब्ध गराई दिन भनेर सर्वसाधारणको नाममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले एक सूचना जारी गर्दै सार्वजनिक जग्गाको बारेमा चासो व्यक्त गरिएको छ ।

यसै गरी बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखेल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समय सम्म नियन्त्रण बाहिर रहने गरी भाडामा दिएको वा उद्देश्य विपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको सरकारी वा सार्वजनिक जग्गा दुरुपयोग गरी दर्ता श्रेस्ता कायम गर्ने गरी स्वामित्व कायम गरेको वा त्यसरी कायम भएको स्वामित्वबाट बिक्रि वितरण गरेको समय तोकी वा नतोकी भोगाधिकार सृजना गरेको धितो बन्धक राखेको आदी जेसुकै गरेको भएतापनी गैह् कानूनी काम कारबाही सम्वन्धि आफुसँग भएको सूचना वा प्रमाण दश दिन भित्र कार्यालय समयमा जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने भनि उक्त सूचनामा उल्लेख गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!