१३ फागुण, बाँपिझ्याला, दोलखा । हाम्रो दैनिक जिवनमा खाद्य पदार्थको उपभोग मध्ये कोदो पनी एक हो । जुन कोदोको पिठोबाट निम्की, विस्कुट र मम उत्पादन गर्न थालिएको छ । भीमेश्वर नगरपालीका वडा नं. २ स्थित द पुर्खुचा दोलखा रिसोर्टका संचालक युवा व्यवसायी समाजसेवी अजय प्रधान र सिर्जना प्रधानले घरेलु उद्योग मार्फत उक्त उत्पादन शुरु गरेको हो ।
यसरी करिव १ बर्ष अगाडीदेखि कोदोको पिठोको निम्की, मम बनाउन लागिएको र हाल उक्त कोदोको पिठाको निम्की र ममको बजार निम्की दोलखा भीमेश्वर दर्शन गर्न आउने भक्तजनहरुले दोलखाको कोसेलीको रुपमा लाने गरेको र मम स्थानिय कार्यक्रमहरुमा मगाउने गरेको व्यवसायी अजय प्रधान बताउनु हुन्छ ।
दोलखा उद्योग बाणिज्य संघले दोलखाले गत पुष १३ देखि करिव दुई हप्ता आयोजना गरिएको “ बृहत्त दोलखा महोत्सव” मा अन्य खानेकुरा सँगै कोदोको निम्की र मःमः बिक्रि भएको व्यवसायी अजयले बताउनु हुन्छ । यसै गरी राम्रो हुदै गयो बजारीकरण हुर्दै भयो भने कोदोबाट अन्य धेरै उत्पादन गर्ने सोच रहेको बताउनु हुन्छ ।
यसरी कोदोको पिठोबाट विहानको खाजा ब्रेकफास्ट, दिउँसोको खाजा मम र निम्की बनाउँर्दै आएको छ । यसै गरी अहिले दोलखा आउनु पाहुनाहरुको लागि यो कोदोको पिठोको निम्की कोसेलीको रुपमा स्थापित हुर्दै गएको बताउनु हुन्छ ।