Search

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी

१३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । प्रिमियर लिगमा उपाधि होडमा रहेका दुई टोली म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । फिल फोडेनको एक मात्र गोल मदतमा म्यानचेष्टर सिटीले शनिबार राति भएको खेलमा प्रिमियर लिगमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ ।

बर्नमाउथको मैदान भाइटालिटी स्टेडियममा भएको खेलमा सिटीका लागि फोडेनले २४औं मिनेटमा गोल गरे । जितपछि सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी १ मा झारेको छ । २६ खेलबाट लिभरपुलको ६० अंकसहित शीर्षमा छ । दोस्रो स्थानको सिटीको समान खेलबाट ५९ अंक छ ।

यस्तै आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्दै लिभरपुल र सिटीलाई टक्का दिइरहेको छ । तीन टोली एक-एक अंकको अन्तरमा छन् । जितपछि आर्सनलको २६ खेलबाट ५८ अंक भएको छ ।

आर्सनलको जितमा काइ हाभार्टले २४औं, बुकायो साकाले ६५औं र जाकुव किविओरले ६९औं मिनेटमा गोल गरे । स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । न्युकासलका लागि ज्याक विल्लकले ८४औं मिनेटमा सान्त्वना गोल फर्काए ।

लिगको अन्य खेलमा म्यानचेष्टर युनाइटेड फुलहमसँग २-१ ले पराजित हुँदा एस्टन भिल्लाले नटिङहम फरेस्टलाई ४-२ ले, क्रिस्टल प्यालेसले बर्नलीलाई ३-० ले पराजित गरेको छ । ब्राइटन र एभरटनले १-१ को बराबरी खेलेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!