Search

प्राचिन शहर दोलखामा श्री स्वस्थानी ब्रत कथा समापन संगै सहधारा जात्रा सम्पन्न

प्राचिन शहर दोलखामा श्री स्वस्थानी ब्रत कथा समापन संगै सहधारा जात्रा सम्पन्न

१२ फागुण, बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखा एवं हालको भीमेश्वर नगरपालीका वडा नं. २ स्थित सहधारा (सहश्र) जात्रा सम्पन्न भएको छ । सम्पदा सम्पदाले भरिएको दोलखा शहरको भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा सहधारा (सहस्र) जात्रा भव्य रूपमा सम्पन्न भएको छ ।

दोलखा शहरको वस्तीभन्दा पूर्वमा रहेको तिर्थस्थल वाराणसीमा स्थानिय दोलखावासी युवाहरु भेला भएर तिर्थस्थलको पानीले नुवाई धुवाई गरी चोखो भई सहधारा जात्रामा सहभागी हुने परम्परा अनुृसार यस पाली पनि सोही अनुसारको नियम पालना गरी सहजात्रामा सहभागी स्थानिय युवाहरुलाई पुरोहित बाजे प्रदिप सापकोटाले मन्त्र वाचन गरी सहभागीहरुलाई सकल्प गरी जात्र शुरु गरी दोलखा शहर परिक्रमा गरी विगत बर्षहरुमा झै जात्रा सम्पन्न गरिएको छ ।

पौष शुक्ल पूर्णीमादेखि माघ शुक्ल पूर्णीमासम्म दोलखावासीले विहान विहान गणेशथानबाट शुरु गरी भीमेश्वर मन्दिरमा समापन गर्ने गरी गाईने माधवनारायणको भजन किर्तन सँगै सहधारा जात्रा भव्य रुपमा सम्पन्न भएको छ भनी वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो ।

यस बर्षको श्री स्वस्थानी ब्रत कथाको अन्तिम दिन र सहधारा जात्राको समापन दिन भएकोले दोलखामा यसको छुट्टै मौलिक परम्परा विधीबाट सम्पन्न गर्ने परम्परा रहेको समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

आजको दिनमा दोलखाका स्थानिय महिला दिदीबहीनीहरु घरैपिच्छै श्री स्वस्थानी ब्रतकथाको अन्तिम दिनको अवसरमा ब्रत लिने भजन मण्डली स्थानियहरु सहधारा जात्रा संगै दोलखा शहर परिक्रमा गर्ने चलन रहेको छ ।

Photo : Ms. Nisha Rajbhandari
: Mr. Birsham Shrestha

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!