११ फागुण, बाँपिझ्याला, दोलखा । दोलखामा क्रियाशिल फोटो पत्रकारहरुको साझा संस्थाको रुपमा राष्ट्रिय फोटो पत्रकार समूहले दोलखामा जिल्ला शाखा गठन गरिएको छ ।
आज शुक्रवार चरिकोटमा आयोजित प्रथम दोलखा जिल्ला भेलाले प्रलाद आचार्यको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । यसै गरी उपाध्यक्षमा तारादेवी बस्नेत, सचिव गोविन्द थामी, सहसचिव सुजन थामी र कोषाध्यक्षमा प्रकाश बस्नेत चयन हुनु भएको छ । सदस्यहरुमा अनिता लामा र हिरालाल विश्वकर्मा चयन हुनु भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूहको आयोजना र चरिकोट मिडिया फाउण्डेशनको संयोजनमा दोलखा जिल्ला भेला भएको थियो । चरिकोटल मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य बरिष्ठ पत्रकार चिरञ्जीवी मास्केको प्रमुख आतिथ्यतामा रहेको थियो ।
यसै गरी उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाई र राष्ट्रिय फोटो पत्रकार समूहका कोषाध्यक्ष सागर श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएको थियो । समाचार सम्प्रेषणको लागि ईदैनिक खबरबाट
यसै गरी कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेश समितिका सचिव कुमार श्रेष्ठ, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल र प्रेस सेन्टर दोलखाका अध्यक्ष अविरल बस्नेतको उपस्थिति रहेको थियो ।