१० फागुण, बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखाको पिङ्गल स्थित भैरव कुमारीको घर निर्माणको शिलान्यास गरिएको छ । आज २०८० फागुन १० गते बिहिबार भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरको हातबाट शिलान्यास गरिएको छ । उक्त शिलान्यास अवसरमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठको उपस्थिती रहेको थियो ।
दोलखाका स्थानीय पुरोहित बाजे प्रदीप सापकोटा, भैरवकुमारी खलकको तर्फबाट पुजारी आनन्दमान प्रधान र करुणामाई बौद्धमार्गी पुजारी गुभाजु नरेन्द्र तुलाधरको हातबाट पूजा अर्चना गरिएको थियो ।
स्थानिय बाजागाजाका साथ सम्पन्न गरिएको उक्त शिलान्यास कार्यक्रममा स्थानिय वासिन्दाको उपस्थित रहेको थियो ।
यसै गरी प्राचिन शहर दोलखाको टसिचा टोलमा रहेको भैरव कुमारीको नव निर्मित भवन राज्य, सामाजिक संस्था र भक्तजन दोलखावासी शुभचिन्तक नेपाल दाजुभाई, दिदीबहीनीको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न गरि भैरव कुमारी निकालिएको छ ।
यसै गरी परम्परादेखि चलि आएको धार्मीक मान्यता र नियमानुसार अनुसार भीमेश्वर नगरपालीका वडा नं. २ पिङ्गलबाट र टसिचाबाट पालैपालो भैरवकुमारी जात्रा निकाल्ने परम्परा रहीआएको छ । यही सन्दर्भमा टसिचा स्थित भैरवकुमारीको घर दुईबर्ष अगाडी सम्पन्न भईसकेको छ । जुन घर समाजसेवी गोपाल प्रधानको संयोजन, भक्तजन स्थानिय दोलखावासी एवं नेपाली दाजुभाई, दिदीबहीनी र स्थानिय सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको हो । यसको विस्तृत विवरण भैरव कुमारी घरको जमिन तल्लामा राखिएको सूचना पाटीमा उल्लेख गरिएको छ ।
अहिले पिङ्गल टोलमा बन्न लागेका् भवनका लागि जग्गा भने सो कुमारी जात्रा सँग सम्वद्ध रहेका तीन जना दाजुभाइहरू स्वर्गीय विष्णुबहादुर श्रेष्ठ, स्वर्गीय मदनबहादुर श्रेष्ठ र स्वर्गीय ज्ञानबहादुर प्रधानका सन्तानले स्थानीय सरकारलाई जग्गा हस्तान्तरण पछि उक्त कार्य शुरु गरिएको छ ।
उक्त भैरव कुमारी घर निर्माणको लागि भीमेश्वर नगरपालीकासँग सम्झौता गर्नको लागि मिती २०८० मंसिर २२ गते स्थानिय गुठीयार सदस्य राकेश प्रधानको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समिती गठन गरिएको छ । जसमा सचिव चरित्र कुस्ले, कोषाध्यक्षमा विन्दीया श्रेष्ठ, सदस्यहरुमा नरेन्द्र तुलाधर, विमा शाही, धुर्व शिवभक्ती, रेणु श्रेष्ठ, विष्णुलक्ष्मी श्रेष्ठ र महेशकुमार श्रेष्ठ रहेका छन् ।
यसरी उपभोक्ता समिती गठन गरिसकेपछी यही माघ १६ गते भीमेश्वर नगरपालीका चरिकोट दोलखासँग सम्झौता गरिएको छ । सम्झौतामा आयोजनाको कुल रकम रु. २९ लाख १२ हजार ६३ रुपैया ९६ पैसा रहेको छ । यसमध्ये नगरपालीकाबाट अनुदान २४ लाख ५० हजार रुपैया र ४ लाख ६२ हजार ६३ रुपैया ९६ पैसा उपभोक्ता समितीले व्यहोर्नु पर्ने आयोजना सूचना पाटीमा उल्लेख गरिएको छ । उक्त आयोजना हेर्ने प्राधिविक टोली गौरव बस्नेत रहेको छ ।
यसरी भीमेश्वर नगरपालीकासंग सम्झौता भएको यस रकमले भवनको फाउण्डेशन जमिन तल्लाको ढलान हुनेसम्म हुने र जम्मा तिन तल्लाको घर बन्ने भएकोले बाँकी रकम गुठीयार, भक्तजन दाजुभाई दिदीबहीनीहरुबाट संकलन गर्ने सहमती भएको छ भनी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो ।
यस बारेमा गुठीयार एवं युवा समाजसेवी राम श्रेष्ठसंग सम्पर्क गर्दा अहिले जुन भीमेश्वर नगरपालीका संग सम्झौता भएको छ उक्त रकमले विशेषतः फाण्डेशन, जमिन तल्ला ढलान हुनेछ । यसरी ढलान सम्पन्न भईसकेपछी उपभोक्ता समिती विगठन हुने र यसै गरी पुरै निर्माण गर्नको लागि एक निर्माण कमिटी दोलखामा गठन गरिनेछ । जसको सम्पर्क कमिटी काठमाण्डौंमा गठन गरिने छ र उक्त निर्माण कमिटीले भवनको पुरै निर्माण सम्पन्न गरिने छ भनी गुठीयार श्रेष्ठले बताउनु भयो ।
जसको लागि सम्पूर्ण दोलखावासी, नेपाली दाजुभाई, दिदीबहीनी र आफ्नै गुठीयार खलकलाई अर्थ संकलनमा साथ सहयोग दिन अनुरोध सहित आग्रह गर्नु भएको छ ।
फोटो : राम श्रेष्ठ