८ बाँपिझ्याला, दोलखा । राष्टिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर आज बिहान ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
आज बिहान ४ बजेर ५८ मिनेटमा जिरी नगरपालिका–६ स्थित हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पले के कति क्षति भयो भन्ने बारे विवरण आउन बाँकी छ । यसअघि बझाङ केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।