४ फागुण, बाँपिझ्याला, दोलखा । तिखातल प्राथमिक विद्यालय तिखातल दोलखाका छात्रछात्राहरुद्वारा आज स्कुल प्रागंणमा शैक्षिक मेलाको आयोजना गरिएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सनमकुमार प्रधान श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त मेलामा प्रमुख अतिथि बागमती प्रदेश सदस्य माननीय भरत बहादुर केसी, विशेष अतिथीमा भीमेश्वर नगर प्रमुख ईश्वरनारायण मानन्धर, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख शङ्करबाबु श्रेष्ठ र अतिथिहरूमा भीमेश्वर नगरपालीका वडा नं ४ का वडा अध्यक्ष एवं नगरपालीकाका प्रवक्ता तारानाथ चौलागाई, शिक्षा तथा खेलकुद शाखा श्रोत व्यक्ति सुन्दर खड्काको उपस्थिती रहेको थियो ।
यसै गरी छिमेकी विद्यालयहरुका विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुमा भी.मा.वि.का अध्यक्ष ज्ञानु योगी, राजकुलेश्वर आधारभुत विद्यालयका अजय प्रधान, प्रधानध्यापकहरुमा बालमन्दिरका ज्योती श्रेष्ठ, त्रिपुरा सुन्दरी आधारभुत विद्यालयका प्रमिला थामी, राजकुलेश्वर आधारभुत विद्यालयका कुमारी जोशी, फुलपा प्रा.वि.का हरि श्रेष्ठ र भीमावि का शिक्षक एवं बाल सारथी क्लवका संयोजक गोविन्द बस्नेतको उपस्थिती रहेको थियो ।
यसै गरी उक्त प्रर्दशनीमा प्रेस काउन्सीलका सदस्य बरिष्ठ पत्रकार चिरञ्जीवी मास्के, समाजसेवी रत्न श्रेष्ठ, तिखातल सामूदायिक वन उपभोक्ता समितीका अध्यक्ष फौद्ध प्रसाद फुयाल, सिपिसिआर संस्थाका प्रमुख र विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागितामा शैक्षिक मेला सम्पन्न भएको हो भनी प्रधानध्यापक तिर्थबहादुर जोशीले बताउनु भयो ।
यस मेलाले बच्चाहरुले अध्ययन गर्ने गरेको विषय जुन छ उक्त विषयलाई व्यवहारमा प्रयोग गरी व्यवहारीक एवं दिगो सिकाईको लागि यो कार्यक्रम गरेको हो भनी प्रधानध्यापक जोशीले बताउनु भयो ।
यसै गरी उक्त कार्यक्रमामा करिव ३०० जना विद्यार्थीहरु, शिक्षकहरु, अभिभावकहरु र शुभचिन्तक महानुभावहरुको उपस्थिती रहको थियो भनीे बताउनु भयो । यसरी यस शैक्षिक मेला २०७० सालदेखि शुरु गरि अहिलेसम्म गर्दै आएको र अहिलेको मेला चौथौ पटक भएको बताउनु हुन्छ । यस मेलाको श्रेय जर्मन नेपाल हेल्थ एशोसिएशन संस्थालाई जान्छ भन्नु भयो । मल्टी ग्रेड मल्टी लेवल (बहुकक्षा बहु शिक्षण विधी) तालिम दिलाईएको थियो ।
त्यही तालिमको अवधारणा अनुसार नै आजसम्म शैक्षिक मेला गरेको हो भन्नु भयो । यसै गरी पहिले पहिले भीममाध्यमिक विद्यालय लगायतका विद्यालयले यो शैक्षिक मेला गर्दै आएको हाल आएर त्रिपुरासुन्दरी आधारभुत विद्यालय राम्पा र तिखातल प्राथमिक विद्यालय तिखातलले भने निरन्तरता दिर्दै आएको छ भनी बताउनु भयो । हिजो त्रिपुरा सुन्दरी आधारभुत विद्यालय राम्पाले शैक्षिक मेलाको आयोजना गरिएको थियो ।
कार्यक्रममा आफ्नो अमूल्य समय दिनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौँ भनी प्रधानध्यापक जोशीले भन्नु भयो ।