३ फागुण, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरापालीका वडा नं. २ राम्पा स्थित त्रिपुरा सुन्दरी आधारभुत विद्यालयको आयोजनामा आज फागुण ३ गते शैक्षिक मेला सम्पन्न भएको छ ।
उक्त शैक्षिक मेलामा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख शंकरबाबु श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखाको स्रोत व्यक्ति सुन्दर खडका, ईसिसि फिल्ड संयोजक चन्द्र काफ्ले, भीमेश्वर वडा २ का वडा सदस्य देबेन्द्र थामीको उपस्थिती रहेको थियो ।
यसै गरी त्रिपुरा सुन्दरी आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज, शिक्षक अभिभावक संघका अध्यक्ष तीर्थ बहादुर कार्की, भीम माध्यमिक विद्यालय दोलखाका व्यवस्थापन समिति अध्यक्ष ज्ञानु योगी, राजकुलेस्वर आधारभुत विद्यालय व्यवस्थापन समिती अध्यक्ष अध्यक्ष अजय प्रधानको लगायत छिमेकी विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु तथा विद्यार्थीहरु, स्थानिय बुद्धिजिवी र स्थानिय अभिभावकहरुको व्यापक उपस्थिती रहको थियो ।
जसमा करिव ३९० जना महानुभावहरुको उपस्थिति रहेको थियो भनी स्कुलका प्रधानध्यापक प्रमिला थामीले बताउनु भयो ।
यसै गरी आफुले अध्यापन गराएको स्कुलको शैक्षिक मेलामा आमन्त्रणलाई स्विकार गर्दै आफ्नो अमुल्य समय दिनुभएकोमा उपस्थित सम्पुर्ण महानुभावहरुमा विद्यालय परिवारको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको छ भनी भन्नु भयो ।
यसरी स्कुलले गरेको हरेक क्रियाकलापमा यसै गरी साथ र सहयोग भयो भने स्कुललाई अगाडी बढ्न प्रेरणा मिल्ने र शुभचिन्तक महानुभावहरुबाट सधै भरी रचनात्मक सल्लाह सुझावको अपेक्षा गर्दै आगामी दिनमा गरिने क्रियाकलापमा थप सुधार गर्दै अघि बढ्ने समेत वहाँले बताउनु भयो ।
अहिलेको शैक्षिक मेला भनेको एउटा नमुना भएको र यसले मार्ग निर्देशन गरेको अनुसार अगाडी बढेर विद्यार्थीहरुको उत्साह र साहसलाई सं–संगै अगाडी बढाउन सहयोग गर्ने समेत प्रधानध्यापक प्रमिला थामीले बताउनु भयो ।