Search

प्रणय दिवस र हामीले पोस्टिएका मायाका दिन Love Day …

प्रणय दिवस र हामीले पोस्टिएका मायाका दिन Love Day …

आचार्यश्री ओशो अखण्ड 
गुरु नानक देव सुत्नुको साटो रातभरी पनि सधैं गितार हार्मोनियम बजाएर गुन गुन गुन गुन गुनगुनाई रहनु हुन्थ्यो ! कहिले अनुहारमा मुस्कान आशाको कहिले आँखा भरी सुक्क सुक्क आवाज सहितको आंशु बिछोड र नपाउनाको !

बुढी आमालाई पिर पर्थ्यो किन रुदो हो छोरो ! किन रातभरी नसुती बाद्यय बाजनको साथ कहिले हास्नी कहिले रुनि कहिले गुन गुनाउनी गर्दो हो ?? आमाको मन हो ! पिर पर्थ्यो कतै छोरो बिरामी हुन्छ कि केही हुने पो होकि ?

एक दिन उज्यालो हुनेको तर्खर थियो सायद रातको उत्तरार्द दिनको पुर्वार्द बिहानी पख ३–४ बजे ब्राह्म मुहुर्तको समय ! आमा नानक देवको कोठामा छिर्नु भयो !

मधुर बत्ती, मधुर बत्ती भित्र आशाले चम्किएको घुर्मैलो अनुहार, एकनासले बजाई रहेको बाद्ध्यबाजन आँखा भरी बलिन्धरा आंशु तै पनि गुन गुन गुन गुन गुनगुनाई रहेको मधुर सङ्गीत !

बाबू अब त सुत ! तिमी किन यसरी रातभरी सुत्दैनौ ? आमा हुँ तिमिलाई केही भैहाल्ला कि पिरै पिरले मर्छु कि क्या हो ? म केही बुझ्दिन ! के को पिर हो तिम्रो के खोज्दै छौ तिमी ? नानक देव आँखा भरी आँसु सुक्क सुक्क आवज रोकेर आमालाई भन्नूहुन्छ ! आमा बाहिर सुन्नुस त अब त उज्यालो हुन लागे जस्तो छ ! चराहरु चिर्बिर चिर्विर, च्या च्या चु चु कराएको आवज सुनिएको छ ! सायद उनिहरुको प्रेमी पृयसी यतै कतै नजिकै होलान ! आहारा लिन पानी पिउन कतै गएका होलान केही बेरमा फर्कन्छन उनिहरुको त अवश्य पुन मिलन हुन्छ !

मेरो त आमा प्रेमी÷पृयसी कहाँ छिन कहिले मिलन हुने हो ? अनि उनिसङ्ग मिलन नभै कसरी रातभरी सुत्न सक्छु ? बिछुडिएको प्रभु मिलनको उत्कण्ठ ईच्छा !! आफुले खोजेको पर्मात्मा तिर संकेत गर्दै उत्तर दिनुहुन्छ नानकदेव ! आमा वाक्क न प्वाक्क केही बुझ्नु हुन्न केहि बोल्न सक्नु हुन्न ! कयौं बर्ष नानकदेवको यसरी बित्यो जीवन !

उनै नानकदेव सारा गुरु शिक्ख परंपराका गुरु, दस साहिवान गुरुहरुको गुरु ! गुरु ग्रन्थ साहेव गुरु शिक्ख परंपराको धरोहर गिताको पनि गिता महागिता उपलब्ध छ मानव जातिको लागि ! ॐकार, एक ॐकार सतनामको मशिहा बने उनै नानकदेव !!

हामी पनि फेसबुक भरी प्रेमी र पृयसीको फोटो रङ्गाएर तथाकथित प्रेम झल्काउन प्रयास गरि रहेका छौँ त्यो पनि थाहा छ जुन फोटो हाल्न मन छ तपाईंलाई बास्तविक फोटो त्यो होईन !!

म सोच्दछु के हामीले जिवनमा खोजेको वा खोज्नु पर्ने असली प्रेमी वा पृयसी भेट्टाएकै हो त ? के नानकदेव जस्तो नछटपटाई ढुक्कले घुर घुर घुर्दै निस्फिक्री सुतेपनी हुने हो त ???
फेरि आफैतिर फर्केर धिक्कार गर्छु घर घरमा नानकको कृष्णको शिव गोरखको जिसस हजरतको मिरा सहजोको फोटो त छ तर उनिहरुले रातभरी नसुतेर नखाएर कुन प्रेमी वा पृयसी खोजे र पाए होलान ?? मैले किन उनिहरुको फोटो भित्ता भरी भरी रङ्गाएर सजाएको हुंला ???

आफैले आफैलाई सोधेको : हामीचाही झम्के साझ नपर्दै ओछ्यान तताएर भोलि बिहान घामको झुल्को पस्दा समेत कुन आनन्द पाएर घुर घुर घुर घुरी रहेका छौ ???? र भनिरहेका छौं म सङ्ग त यसपटकलाई समय छैन !! आर्को पाली पक्का (कहिल्यै नआउने आर्को पाली) !!

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!