Search

पाल्पा जिप दुर्घटना: आठ जनाको मृत्यु, तीन जनाको खुल्यो पहिचान

पाल्पा जिप दुर्घटना: आठ जनाको मृत्यु, तीन जनाको खुल्यो पहिचान

१ फागुण, बाँपिझ्याला, काठमाण्डौं । पाल्पा दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये तीन जनाको पहिचान खुलेको छ। स्थानीय शिक्षक प्रेम रानाका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका- ६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका राम बहादुर अस्लामी र उर्मिला अस्लामीछन्।

गाउँमा पाहुना बस्न गएकाहरू दुर्घटनामा परेकोले पहिचानमा समस्या भएको रानाले बताए। म‌ंगलबार अपराह्न तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।

यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंले १९ जना घाइतेहरूको उद्धार गरी लुम्बिनी मेडिकल कलेज पठाइएको बताए। घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूः

पाल्पा तिनाउ -६ की अन्दाजी २० वर्षीया कृष्णा पन्त
रिब्दीकोट-१ की अन्दाजी ६ वर्षीया विधा सुनार
तिनाउ -६ की अन्दाजी १९ वर्षीया उमा रास्कोटी
तिनाउ -६ की अन्दाजी २१ वर्षीया अमृता गहतराज
रिब्दीकोट-१ की अन्दाजी ३० वर्षीया रमा सुनार
रूपन्देही, हरैयाकी अन्दाजी ३० वर्षीया भुमि पुन
तिनाउ- ६ की अन्दाजी १९ वर्षीया शान्ति राना
तानेसेन-७ की अन्दाजी ४२ वर्षीया सविता परियार
तिनाउ -६ का अन्दाजी ९ वर्षीय सौरभ पुन
रूपन्देही खैरेनीका अन्दाजी ९ वर्षीय विवेक जिसी
रिब्दीकोट-१ की अन्दाजी ६ वर्षीया साया सुनार
रिब्दीकोट-१ का अन्दाजी ५ वर्षीय आरंभ सुनार
तानेसेन-१० का ४५ वर्षीय दान बहादुर चिदी
रिब्दीकोट-१ की ६६ वर्षीया विष्णुकला कामी
रूपन्देही खैरेनीका ७ वर्षीय बालक अस्मित जिसी
तिनाउ-६ का ४५ वर्षीय पुरूष कुल बहादुर नेपाली
पहिचान नखुलेकी अन्दाजी ४० वर्षीय महिला
पहिचान नखुलेकी अन्दाजी २० वर्षीय महिला
पहिचान नखुलेकी अन्दाजी २ महिने बालिका

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!