Search

माओवादी केन्द्रले २९ वटा मैनवत्ति बालेर जनयुद्धको २९ औं बर्षगाँठ दिवस मनाए, बनस्थली चोकमा दिप प्रज्वलन

माओवादी केन्द्रले २९ वटा मैनवत्ति बालेर जनयुद्धको २९ औं बर्षगाँठ दिवस मनाए, बनस्थली चोकमा दिप प्रज्वलन

१ फागुण, बाँपिझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि माओवादीले जनयुद्ध दिवस मनाएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो ।

यसै गरी माओवादी काठमाण्डौं ७ नम्वर क्षेत्रको आयोजनामा बनस्थली चक्रपथ चोकमा दिप प्रज्वलन गरी जनयुद्ध दिवस मनाएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, बरिष्ठ अधिवक्ता एवं पूर्व महान्याधिवक्ता मुक्तिनारायण प्रधानको प्रमुख आतिथ्यतामा उक्त दिप प्रज्वल कार्यक्रम सम्पन्न भएको थियो ।

यसै गरी विशेष आतिथीमा राष्ट्रिय खेलकुद परिषद्का बरिष्ठ उपाध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य शिव कोईराला (ज्वाला) को उपस्थिती रहेको थियो ।

उक्त दिप प्रज्वल कार्यक्रम काठमाण्डौं क्षेत्र नं. ७ का ईञ्चार्ज दिपेश शिलवालले संचालन गरिएको थियो । यसै गरी काठमाण्डौं क्षेत्र नं. ७ (क) का ईञ्चार्ज सुजन गोले, ७ नं. निर्वाचन क्षेत्रका पार्टी सचिव दिलिपराज वन्त, ७ नं. निर्वाचन क्षेत्रका सवै वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।

यसै गरी उक्त कार्यक्रमको संयोजन काठमाण्डौं वडा नं. १६ का ईञ्चार्ज उपेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

यसरी आ–आफ्नो क्षेत्रबाट सहयोग गरी उक्त दिप प्रज्वलन कार्यक्रम सफल बनाएकोमा सम्पूर्ण उपस्थिती पार्टी नेता, कार्यकर्ता र शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन ७ नं. ७ ईञ्चार्ज दिपेश शिलवालले गर्नु भयो ।

यसै गरी नेपाल अधिराज्य भरी माओवादीले बिभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मानेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!