Search

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो : डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो : डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री

१ फागुण, बाँपिझ्याला, काठमाण्डौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज माओवादीले शुरु गरेको जनयुद्धको २९ बर्षगाँठको अवसरमा आफ्नो फेसवुकवालमा नेपाललाई संसारले दुई पटक चिनेको थियो भनी सम्प्रेशन गर्नु भएको छ ।

पहिलोपटक, अठारौं उन्नाइसौं शताब्दीमा गोरखा राज्यविस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो ।

दोश्रो पटक, बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरू वि.स.२०५२ फागुन १ गतेबाट २०६३ मंसीर ५ गते सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको वेला, जसले एकात्मक राजतन्त्रात्मक नेपाली राज्यलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको थियो ।

त्यो ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयॉ इतिहास निर्माण गर्न पाएकोमा सधैं गर्वको अनुभूति हुन्छ । त्यो महान् जनक्रान्तिमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन तथा वेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान भनीएको छ ।

यसरी फेसवुकवालमा आफु दश बर्षे जनयुद्ध शुरू गर्न भूमिगत हुनुभन्दा चार दिन पहिले कान्तिपुरसंग कुराकानीको क्रममा खिचिएको फोटो समावेश गरिएको छ ।

परन्तु जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य हुॅदैन, त्यो भिन्न रूपमा निरन्तर अघि बढिरहन्छ। कतिपय हिॅजोका क्रान्तिकारीहरू थाक्छन्, कतिपय सत्ताको चास्नीमा झिंगा डुबे झैं डुब्झन् तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानवजातिको उन्नयन र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन् भनी उल्लेख गरिएको छ ।

त्यसैले जनयुद्ध दिवसमा नयॉ प्रण गरौं, हामी चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त हुनेछैनौं, सुशासित, समुन्नत, समाजवादी नयॉ नेपाल निर्माण गर्ने अभियानमा निरन्तर लागिरहनेछौं भनिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!