२९ माघ, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ मा आर्थिक बर्ष २०८०/०८१ मा विनियोजित जेष्ठ नागरिक उपचार कार्यक्रम अन्तर्गत वडा समितीको २०८० माघ २७ गते बसेको बैठकको निर्णय अनुसार धुलिखेल अस्पताल दोलखामा स्वास्थ्य परिक्षण गराउँदा लाग्ने खर्चमा पचास प्रतिशत वडाले व्यहोर्ने निर्णय सार्वजनिक गरिएको छ ।
जसमा ल्याव जाँच, एक्सरे परिक्षण गर्दा लाग्ने कुल खर्चमा पचास प्रतिशत रहेको छ ।
यसै गरी यस सुविधा २०८० फागुण १ गतेदेखि २०८० साल अषाढ मसान्तसम्म हुनेछ र जुन सुविधा स्थानिय वडा नं. २ निवासी सामाजिक सुरक्षा भक्ता उपभोग गरिरहेका जेष्ठ नागरिकहरुले यो सुविधा पाउने छन् भनी वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो ।
आज भीमेश्वर नगरपालीका वडा नं. २ को कार्यालययका वडाध्यक्ष स्टालिन श्रेष्ठद्वारा जारी गरिएको सूचनामा उक्त व्यहोरा जानकारी गराईएको छ ।