२७ माघ, बाँपिझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजेदेखि फेरि बस्न लागेको हो । शुक्रबारको बैठकमा विधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा विधान प्रतिवेदन पेश गरेको छ ।
उक्त प्रस्तावमाथि स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ । आगामी फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिन लागेको हो ।