२२ माघ, बाँपिझ्याला, दोलखा । एमाले दोलखाको १० औं जिल्ला अधिवेशन आज सोमबारबाट शुरु भएको छ । १० औं जिल्ला अधिवेशनमा दोलखा जिल्लामा ३ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । यसरी जिल्ला अध्यक्षका लागि दावि गर्नेहरुमा निवर्तमान अध्यक्ष नर बहादुर श्रेष्ठ, इश्वर पोखरेल र भरत दुलालले इच्छा देखाएका छन् ।
त्यस्तै उपाध्यक्षमा हिरा थोकर तथा राजेन्द्र मानन्धरको दाबी रहेको छ भने सचिवमा कृष्ण बस्नेत, होम पाठक, सोयम बहादुर खड्काको चर्चा छ । त्यस्तै उपसचिवमा पनि धेरैको इच्छा देखिएको छ । जस मध्ये कमला बस्नेत एक अब्बल नेतृ रहेको चर्चामा छिन् । । उनीप्रति सिँगो एमाले दोलखाको समेत आशा छ । उनको पार्टीप्रतिको समर्पणले मात्रै होइन, सिँगो दोलखाली जनताको आशा र भरोसाका कारण पनि उनले यसपटक जिल्ला उपसचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छिन् ।
उनी लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रियताका साथ लागि परिरहेकी छन् । विगत २५ बर्षदेखि सामाजिक र राजनितिक अभियानमा होमिएकी महिला नेतृ हुन् उनी । उनले नेकपा एमाले वडा पार्टी कमिटी हुँदै नगर पार्टी कमिटी, क्षेत्रीय पार्टी कमिटी, जिल्ला पार्टी कमिटी हुँदै निवर्तमान पार्टी उप सचिवको जिम्मेवारी कुशलताका साथ बहन गरिसकेकी छन् ।
त्यतिमात्र होइन उनले बहुआआयामिक क्षेत्रमा पार्टीगत संगठनको जिम्मेवारीमा लामो समयदेखि कार्य कुशलताका साथ जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छन् । उनी यसअघि अखिल नेपाल महिला संघको वडा कमिटी अध्यक्ष थिइन् भने नगर कमिटी अध्यक्ष हुदै जिल्ला अध्यक्षको जिम्मेवारी समेत पुरा गरेकी थिइन् ।
जिल्लामा पार्टीको शाखलाई कत्तिपनि धर्मराउन नदिएकी कमलाले नेकपा एमालेलाइ परेको संकटको घडीमा किम्ति विचलित नभइ अखिल नेपाल महिला संघलाइ नेतृत्व गरि पार्टी संगठन मजबुद बनाउन अनवरत लागि परिरहेकी छन् ।
पार्टीसँगै पार्टी भन्दा माथि उठेर नागरिकको सेवामा खट्दै आएकी उनी आम दोलखाबासी माझ निकै लोकप्रिय छिन् । सोही कारण पनि २०७४ को स्थानीय निर्वाचनमा भीमेश्वर नगरपालिकामा उनलाई जनताले उपप्रमुखका रुपमा विजयी गराएका थिए । आफ्नो कार्यकालमा कुशल जनप्रतिनिधिको भूमिका निर्वाह गरेकी बस्नेत २०७९ को स्थानीय निर्वाचनमा पनि गठबन्धनकोलाइ तोडेर भीमेश्वर नगरपालिकाको उपप्रमुखमा पार्टिको विजयी झण्डा फहराउन सफल भएकी थिइन् ।
अहिले पनि उनले जनताका हरेक सवाललाई आफ्नो पदिय दायित्व र जिम्मेवारीमा रहेर सक्दो रुपमा संवोधन गरिरहेकी छन् । र जिल्लामा महिला, सिमान्तकृत समुदाय र विपन्न वर्गको हितका लागि समेत निरन्तर प्रयास र आवाज उठाइरहेकी छन् ।
उनले यस अघि पार्टिको स्ंगठन सुदृढिकरण अभियानमा कालिञ्चोक गाउँपालिको लागि इन्चार्ज भइ कार्य आफ्नो भूमिका निर्वाह गरेकी थिइन् भने ग्रास रूट अभियानमा शैलुङ गाउँपालिकाको इन्चार्ज भइ कार्य सम्पन्न गरेकी थिइन् ।
उनै बहुआयामिक नेतृ कमला यसपाली पनि आफु जिल्ला उपसचिवका रुपमा पार्टीले जिम्मेवारी सुम्पिनेमा ढुक्क छिन् ।