Search

एमाले दोलखाको आजदेखि दशौं जिल्ला अधिवेशन शुरु, महासचिव शङ्कर पोखरेलद्वारा सम्वोधन

एमाले दोलखाको आजदेखि दशौं जिल्ला अधिवेशन शुरु, महासचिव शङ्कर पोखरेलद्वारा सम्वोधन

२२ माघ, बाँपिझ्याला, दोलखा । नेकपा एमाले दोलखाको आजदेखि दशौं जिल्ला अधिवेशन शुरु भएको छ । यसरी शुरु भएको उद्घाटन सत्रमा महासचिव शङ्कर पोखरेल लगायत केन्द्रिय सदस्यहरु र स्थानिय दोलखा जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो ।

यसै अवसरमा महासचिव पोखरेलले नेकपा माओवादीसंग पार्टी एकता गर्दा पार्टी एकताको नाममा तल्लो तहसम्मका कमिटी भङ्ग गरिएको तर एकता भएको तीन बर्ष वित्दासमेत नयाँ कमिटी निर्माण हुन नसकेकैले समस्या देखिएकोे बताउनु भयो । महासचिव पोखरेलले भन्नु भयो– अहिले पनि केही मानिसहरुले पार्टी एकताको हल्ला गरिरहेका छन् तर अब नेताको टाउको जोडिएरमात्र एकता सम्भव छैन एकताको लागि कार्यकर्ताको मन जोडिनु पर्ने बताउनु भयो ।

महासचिव पोखरेलले अहिले मुलुकको हरेक क्षेत्रमा निराशा व्याप्त रहेको उल्लेख गर्नुहुदै त्यसको अन्त्यको लागि नेकपा एमालेको शसक्त भूमिका आवश्यक हुने बताउनु भयो । अहिले देशका युवाहरु विदेश पलायन भै रहेका छन् । व्यापार व्यवसाय चौपटक छ, मुलुक आर्थिक रुपमा सङ्कटग्रस्त छ, महासचिव पोखरेलले भन्नु भयो– यसको अन्त्यको लागि मुलुकमा एमालेको नेतृत्व आवश्यक बताउनु भयो ।

नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशन आयोजक समितिका संयोजक नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इन्चार्ज कमल चौलागाई, पोलिटब्युरो सदस्यहरु आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, इश्वरी रिजाल, बागमति प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य सरस्वती वस्नेत, रचना खड्का, आयोजक समितिका सह संयोजक राजेन्द्र मानन्धर, नेपाली कांग्रेसका केशव चौलागाई, नेकपा माओवादी केन्द्रका नरबहादुर पाख्रिन, नेकपा एकिकृत समाजवादीका अध्यक्ष भिम दहाल लगायतको उपस्थिति रहेको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!