Search

दोलखावासीको बनभोज कार्यक्रमको समिक्षा बैठक सम्पन्न

दोलखावासीको बनभोज कार्यक्रमको समिक्षा बैठक सम्पन्न

२२ माघ, बाँपिझ्याला, काठमाण्डौं । यही २०८० साल माघ २० गते दोलखाली संघ–संस्था एवं उपत्यकावासी दोलखावासीहरुको संयुक्त बनभोज कार्यक्रम चोभारमा भव्य रुपमा सम्पन्न भएको छ । यसै गरी उक्त बनभोज सम्वन्धमा समिक्षा तथा आय व्यय विवरण प्रस्तुत गरी समिक्षात्मक बैठक पुतली सडक स्थित बनारसी सहयोगीहरुको कार्यालयमा सम्पन्न गरिएको छ ।

विगत केही बर्षदेखि दोलखावासीहरुको बनभोज कार्यक्रम छुट्टै गर्दै आईरहेकोमा यस बर्ष सवैलाई एकै पटक समेट्ने गरी आयोजना गरिएको बनभोज कार्यक्रम उत्साहजनक ढगले सम्पन्न गरिएको छ ।

यस अवसरमा समिक्षात्मक बैठक संगै बनभोज सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण दोलखाली संघ–संस्था, दोलखावासी र बनभोजको जिम्मा लिने मल्ल क्याटरिङका प्रोपाईटर अशोक मल्ललाई दोलखाको संघ–संस्था र आयोजकको तर्फबाट द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्केले आभार सहित धन्यवाद व्यक्त गर्नु भएको छ ।

साथै आगामी दिनमा दोलखाको सामूहिक कार्यमा यसै गरी एकतावद्ध भएर अगाडी जान सहभागीताभई सहयोग गर्न पनी आग्रह सहित अनुरोध गर्नु भएको छ ।

बनभोजको आम्दानी खर्च यस अनुसारको रहेको छ ।

आम्दानी तर्फ :
सहभागीता शुल्क रु. २,०२,९००/-
खेल सहभागीताबाट आम्दानी रु. ८,५००/–
सकुना श्रेष्ठ मलेकुबाट सहयोग रु. १०,०००/–
सकुना श्रेष्ठ मलेकु टिम बाट सहयोग रु. २,०००/–
मनोज चाकुबजीबाट सहयोग रु. ७,५००/–
प्रविण प्रधानबाट सहयोग रु. ५,०००/–
रविन्द्र नारायण श्रेष्ठबाट सहयोग रु. ५,०००/–
कृष्णकुमार प्रधानबाट सहयोग रु. रु. १,२००/–
श्यामलाल श्रेष्ठबाट सहयोग रु. २,०००/–
उज्वल प्रधानबाट सहयोग रु. १,०००/–
यज्ञमणी श्रेष्ठबाट सहयोग रु. १,०००/–
आयोजक संघ–संस्थाबाट सहयोग रु. ८,६४४/–

जम्मा आम्दानी : २,५४,७४४/–

खर्च तर्फ :
नास्ता, खाजा र खाना रु. २,०६,६२०/–
यातायात खर्च रु. ७,०००/–
बनभोज स्थल शुल्क रु. ५,०००/–
खेलकुद पुरस्कार तथा अन्य रु. २९,६९४/–
ढुवानी तथा अन्य रु. २,२३०/–
बैठक चियापान रु. ४,२००/–

जम्मा खर्च : २,५४,७४४/–

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!