२१ माघ, काठमाडाैं । साताको पहिलो दिन आइतबार स्थानिय बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । गत साता लगातार पाँच दिन बढेको सुनको भाउ यो साताको पहिलो कारोबार दिन आइतबार ६०० रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुनको भाउ १ लाख १८ हजार ९०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १९ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ तोकिएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३९ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ ।