१९ माघ, बाँपिझ्याला, काठमाण्डौं । नागार्जुन नगरपालीका वडा नं १ का स्थानिय वासिन्दालाई नगरपालीकाको सहयोग र वडा नं. १ को संयोजनमा आज एक कार्यक्रमको विच वडा कार्यालय रानीवन काठमाण्डौंमा वाद्यवादनको सामाग्री हस्तान्तरण गरिएको छ ।
स्थानिय नेवार, तमाङ जाती लगायत अन्य जातिको कला र संस्कृतिको जर्गेना, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहयोग पू¥याउन स्थानिय वासिन्दाहरुलाई बाद्यवादन सिक्न सहयोग पुगोस भन्ने अभिप्रायःले आज स्थानिय वासिन्दाहरुको सहभागीतामा वडा कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा धिमे बाजा सेट, हार्मोनियम, बाँसुरी, मुरली, खैजडी, र तबला लगायत अन्य वाद्यवादका सामाग्रीहरु हस्तान्तरण गरिएको छ भनी नागार्जुन नगरपालीका वडा नं. १ का वडाध्यक्ष रामेश्वर लामाले बताउनु भयो ।
उक्त कार्यक्रममा नगरपालीका सदस्यहरु, संघ–संस्था प्रतिनिधी लगायत स्थानिय वासिन्दाहरुको व्यापक सहभागीता रहको थियो ।
यसै गरी बाद्यवादन सामाग्री उपलब्ध गराउन सहयोग गर्नु हुने नागार्जुन नगरपालीकाका नगर प्रमुख मोहन बहादुर बस्नेत लगायत नगरपालिका परिवारलाई हार्दिक आभार व्यक्त गर्दै स्थानिय वडा नं. १ का वासिन्दाहरुको तर्फबाट धन्यवाद व्यक्त गर्दछौ भनी वडाध्यक्ष लामाले भन्नु भयो ।