१८ माघ, बाँपिझ्याला, दोलखा । बागमती प्रदेश र उत्पीडित महिला मुक्ती समाज दोलखाको आयोजनामा डल कुसन बनाउने तालिम सम्पन्न भएको छ । यही माघ ११ गतेदेखि ७ दिनसम्म शुरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।

स्थानिय महिलाहरु आत्मनिर्भर र सिपमुलक बनाउने उद्देश्यले ७ दिने तालिम प्रदान गरेको उत्पीडित महिला मुक्ति समाज दोलखाका अध्यक्ष अप्सरा चौलागाइँले बताउनु भयो । वहाँका अनुसार भिमेश्वर नगरपालिका भित्रका बिभिन्न वडाहरूबाट छनौट भएका १९ जना महिलाहरुले तालिमको लाभ लिएका छन्।
तालिम पश्चात उनिहरुले सिकेको सिपलाई व्यवसायिक सिप बनाउने विस्वास लिएको अध्यक्ष चौलागाइँले बताइन्। तालिममा सहभागी महिलाहरुले तालिम अवधिभर जोस जाँगर देखाउदै तालिम प्रभावकारी भएको बताउदै आगामी दिनमा यो व्यवसायलाई निरन्तरता दिने समेत प्रतिबद्वता जनाएका छन्।
उत्पीडित महिला मुक्ति समाज दोलखाका अध्यक्ष चौलागाइँको अध्यक्षतामा सम्पन्न भएको तालिममा भिमेश्वर नगरपालिकाका प्रवक्ता तथा तालिम अनुगमन समितिका संयोजक तारानाथ चौलागाईं द्वारा उनिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।