Search

मिसेस नेपाल क्यानाडाको ताज श्रृष्टी श्रेष्ठले हात पारिन

मिसेस नेपाल क्यानाडाको ताज श्रृष्टी श्रेष्ठले हात पारिन

१६ माघ, बाँपिझ्याला, काठमाण्डौं । क्यानाडाको इतिहासमा पहिलो पटक मिसेस नेपाल क्यानाडाको आयोजना गरिएको हो । महिला सक्ततिकरण,आत्मविश्वास र महिलाहरुमा भएको प्रतिभाको प्रदर्शनको लागि मिसेस नेपाल क्यनाडाको आयोजना गरिएको हो भनी नेवाः फेसन होमका अध्यक्ष एवं समाजसेवी हेमा मानन्धरले बताउनु भयो ।

महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडा तथा नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानाडाको ब्रयमटमको इस्प्रेनजा व्याङ्केट हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नमुना फेसन कलेजले बनाएको सुन्दर डिजाइनका पोशाकमा सुन्दर प्रतियोगिहरु झन धेरै सुन्दर देखीएका थिए ।

प्रतियोगीहरुको सशंक्त प्रस्तुती र सौन्दर्यता देखेर खचाखच भरिएको हलमा आउनु हुने दर्शकहरुको ताली र हुटिङले हल गुन्जायमान भएको थियो भनि अध्यक्ष मानन्धरले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी क्यानाडा स्थित रहनु भएका कार्यवाहक राजदुत रोजिना तम्राकारको उपस्थिती रहेको थियो । यसै गरी कार्यक्रममा निर्णयकमा प्रा. निरा शर्मा, डा. संगिता धौबडेल, सुभेक्ष भट्ट, निलु केशरी रहनु भएको थियो ।

१० जना प्रगियोगीहरु मध्ये ६ उत्कृष्टले एउटा प्रश्न संसारमा के को कमि छ भन्न्रे प्रश्नको उतरमा आजको संसारमा मलाई कुन चिजको बढी कमि महशुस हुन्छ भने प्रश्नको उतर सहानुभूति र अरुको भावना र अनुभब लाइ महशुस गर्ने क्षमताको कमि छ ? जस्ता प्रश्नको उत्तर दिएका थिए ।

यस कार्यक्रममा फेन्डसीप सृष्टि श्रेष्ठ ताज हात पारेकी थिइन । यसै गरी फस्ट रनरअप र फोटोजेनिक अलिशा राजभण्डारीले हातमा, सेकेन्ड रनरअप रस्मी थापा, टेलेन्टेट येमि कर्मचार्य, पप्लिक चोइस श्याम लिम्बुले जित्नु भएको थियो ।

कार्यक्रममा वोयस्डोको अध्यक्ष चन्दा श्रेष्ठले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । यसै गरी कार्यक्रमको आवश्यकता र महत्व माथि नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले प्रकाश पार्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!