१६ माघ, बाँपिझ्याला, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संगठित रुपमा आफूलाई घेराबन्दीमा पार्ने षडयन्त्र भएको बताएका छन् ।
मंगलबार रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य र बिभिन्न शक्तिहरुले सहकारीको विषयलाई लिएर आफूलाई घेराबन्दीमा पार्ने षडयन्त्र गरेको बताएका हुन् । उनले आफूले जनताका अगाडी शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षडयन्त्र सफल नहुने दाबी गरे ।
उपप्रधान एवं गृहमन्त्रीले चाहेको भएर सहकारी पीडितको समस्या समाधान भइसक्ने भएपनि आफ्नो पछाडी मात्रै लाग्ने काम पनि उनले बताए । उनले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उदेश्यका साथ पार्टी अघि बढेको बताए ।
त्यस्तै लामिछानेले देश बनाउने मुद्दामा दलहरुका नेताहरुबीच मतभेद भएपनि स्वार्थका विषयमा भने शीर्ष भनिएका दलहरु एक हुने गरेको पनि बताए ।