Search

टनेल परीक्षण गर्दै ७१ मेगावाटको नीलगिरि क्यास्केट

टनेल परीक्षण गर्दै ७१ मेगावाटको नीलगिरि क्यास्केट

१५ माघ, बाँपीझ्याला, काठमाण्डौं । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित नीलगिरिखोलामा निर्माणाधीन ७१ मेगावाट क्षमताको निलगिरी–२ (एन–२) जलविद्युत् आयोजनाले टनेल परीक्षण सुरु गरेको छ नीलगिरि खोलामा एकसाथ निर्माणाधीन २ वटा जलविद्युत् आयोजनामध्ये नीलगिरि–२ को टनेलमा मंगलबारदेखि पानी राखेर टनेल परीक्षण गर्न लागिएको हो ।

आयोजनाको प्रबन्धक नीलगिरि खोला जलविद्युत् कम्पनी लिमिटेडले एक सूचना प्रकाशित गरी नीलगिरि–२ जलविद्युत् आयोजनाको सुरुङ परीक्षण हुने भएकोल माघ १६ देखि २५ गतेसम्म खोलामा पानीको बहाव थपघट हुने हुँदा माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र खोलामा आवतजावन नगर्न अनुरोध गरेको छ ।

‘माघ २५ गतेसम्म टनेलमा पानी भर्ने सिपेज भए/नभएको हेरिने भएकोले पानी भर्ने/छोड्ने भइरहन्छ । टनेल परीक्षण अपेक्षित रहे अर्को १० दिनपछि पेनस्टक पाइपमा पानी भर्ने र टर्वाइनहरूको वेट टेष्टको काम हुन्छ,’ नीलगिरि खोला जलविद्युत् कम्पनी लिमिटेडका इन्जिनियर केशव वाग्लेले भने, ‘आगामी एक महिनाभित्र आयोजनाले परीक्षण उत्पादन थाल्ने लक्ष्य लिएको छ ।’ टनेल परीक्षण गर्न कम्तीमा १५ दिन लाग्नसक्छ । नीलगिरि–२ (क्यास्केट) निर्माण भएकामध्ये सबै भन्दा ठूलो जलविद्युत् आयोजना हो । नीलगिरि खोलामै निर्माणाधीन अर्को ४०.७ मेगावाट क्षमताको निलिगिरी–१ पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर वाग्लेका अनुसार नीलगिरि–१ (एन–१)को पुस मसान्तसम्म करिव ९० प्रतिशत काम सम्पन्न भएको छ । नीलगिरि एक तर्फ अहिले टनेलको भुइँ ढलान र सुरुङभित्र पाइप बिच्छ्याउने तथा पावर हाउसका केही कामसँगै भइरहेको छ ।

करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । उत्पादित बिजुली २२० केभीए क्षमताको दाना सव-स्टेशनबाट केन्द्रीय ग्रीडमा जोड्न छोटेपा–दोबिल्ला हुँदै दाना सव-स्टेशन जोड्ने ८ दशमलव ५ किलोमिटर द’रीको २२० केभी क्षमताको प्रशारण लाइनका २४ मध्य २३ वटा टावर तथा लाईन तान्नेकाम सकिएको छ ।

निजी क्षेत्रको लगानीबाट निर्माण भइरहेको जिल्लाको ठूलो आयोजना नीलगिरि जलविद्युत् आयोजनाले नीलगिरि–१ बाट निक्लने पानीलाई सोझै नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरेको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत गृह निर्माण गरिएको छ । नीलगिरि क्यासकेडको छोटेपामा बाँध र तल दोबिल्लामा विद्युत गृह रहने छन् । आयोजनाले नीलगिरि क्यास्केडको विद्युत् गृहदेखि नीलगिरि–१ को बाँधस्थलसम्म १४ किलोमिटर पहुँच मार्ग बनाएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!