Search

प्रधानमन्त्री कार्यालयद्वारा पाठ्यपुस्तक छपाइको अनुगमन

प्रधानमन्त्री कार्यालयद्वारा पाठ्यपुस्तक छपाइको अनुगमन

११ माघ, बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समयमै पाठ्यपुस्तक छपाइ सम्पन्न गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अनुगमनका लागि पुगेको सचिवालयको टोलीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई आगामी शैक्षिक सत्रमा पनि विद्यार्थीहरुले भर्नाअघि नै पुस्तक पाउने गरी पुस्तक छपाइ गर्न निर्देशन दिएको हो ।

जनसम्पर्क विज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट र सहसचिव संगीता ओझालगायतले केन्द्रको अनुगमन गरेका छन्।सो क्रममा जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको बताएका थिए । ‘छपाइका लागि आवश्यक कागज खरिद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, २४ सैं घण्टा चलिरहेको छ,’ झालाई उदृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

सचिवालयका अनुसार पुस्तक छपाइसँगै बिभिन्न डिपोमा ढुवानी कार्यसमेत सँगै चलिरहेको छ । शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाई गर्ने निर्णय गरेको थियो । निजी क्षेत्रका छापाखानाहरूलाई समेत छनौट गर्न पाठ्यक्रम विकास केन्द्रले टेण्डर आव्हान गरिसकेको छ।

लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब १ करोड ७० लाख पुस्तक आवश्यक भएकोमा अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी छ । केन्द्रले दैनिक ७० हजार देखि ८० हजार प्रतिथानका दरले पुस्तक छपाई र तयारी भइरहेको जनाएको छ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!