Search

शंकरापुरमा माधवनारायणको ब्रत सम्वन्धी जानकारी गराउन पत्रकार सम्मेलन, शालिनदीको मेला ११ गतेदेखि शुरु

शंकरापुरमा माधवनारायणको ब्रत सम्वन्धी जानकारी गराउन पत्रकार सम्मेलन, शालिनदीको मेला ११ गतेदेखि शुरु

०९ माघ, बाँपिझ्याला, काठमाण्डौं । सांस्कृतिक, धार्मीक एवं ऐतिहासिक पुन्यभूमी शालीनदीमा परापूर्वकालदेखि परम्परागत संस्कार अनुसार हुर्दै र चल्दै आएको एक महिने स्वस्थानी ब्रत कथाको कठोर र कठिन ब्रत लिने नेपाली महिलाहरुको परम्परा रही आएको छ ।

काठमाडौंकाे उत्तरपूर्वी भेगमा अवस्थित शंखरापुर नगरपालिकाको साँंखुमा लाग्ने माधवनारायणको श्री स्वस्थानी ब्रतकथा तथा शालिनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । मेलाको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनकाे क्रममा मेला आयोजक समितीका अध्यक्ष बालकृष्ण श्रेष्ठ उक्त कुरा बताउनु भयो ।

यसै सन्दर्भमा यस बर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णीमाको दिनसम्म हुने गरेको श्री माधवनारायणको ब्रत शालिनदीको मेला यही माघ ११ गतेदेखि फागुण १२ सम्म हुन गईरहेको छ ।

यसै सम्वन्धि जानकारी गराउन र भक्तजन नेपाली महिला दिदीबहीनी तथा दाजुभाईहरुलाई समयमै सूचना सम्प्रेषशन गराउने उद्देश्यले श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितीको आयोजनामा साँखु शंकरापुरमा एक पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको प्रमुख अतिथीमा शंकरापुर नगरपालीकाका नगर प्रमुख रमेश नापित, विशेष अतिथी उपप्रमुख समिता श्रेष्ठको उपस्थितीमा सम्पन्न भएको थियो ।

समितीका सदस्य लक्ष्मी प्रसाद श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रममा नगर प्रमुख रमेश नापितले स्वस्थानी ब्रतका लागि साँखु आउनु महानुभावहरुलाई गर्नु पर्ने व्यवस्थापनको लागि नगरपालीकाले गर्नु पर्ने सहयोगको लागि सहकार्य गर्दै आईरहेको भनाई व्यक्त गर्नु भयो ।

यसै गरी शालीनदीमा सहभागी हुन आउने भक्तजनहरुको सुरक्षाको लागि सुरक्षा निकायको तर्फबाट सकेको जति व्यवस्थापन गरिएको थप सुरक्षा आवश्यक भएको खण्डमा प्रहरी प्रशासनको सहयोगमा सुरक्षाको अनुभूति दिलाउने बताउनु भयो ।

यातायात व्यवसायीका पुर्व अध्यक्ष गोविन्द बहादुरले भक्तजनको हित र सुविधालाई ध्यानमा राखी यातायात संचालनमा बढीभन्दा बढी ध्यान दिने बताउनु हुर्दै भाडादर सम्वन्धमा ठाउँ ठाउँमा तुलमा दर उल्लेख गरिने समेत बताउनु भयो ।

अन्तमा उपस्थित सम्पूर्ण महानुभावलाई हार्दिक आभार व्यक्त गर्नु हुर्दै धन्यवाद व्यक्तका साथ अध्यक्ष एवं कार्यक्रमका सभापती बालकृष्ण श्रेष्ठले अन्त गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment