स्थानिय महिलाहरूले प्राविधिक आंकलन भन्दा बढी काम गरेर आएको नाफा सरकारलाई फिर्ता
८ माघ, बाँपिझ्याला, काठमाण्डौं । भीमेश्वर नगरपालिका वडा नं. ४ का स्थानिय महिलाहरूले एउटा योजनामा प्राविधिक आंकलन भन्दा बढी काम गरेर आएको नाफा सरकारलाई नै फर्काइ दिएका छन् ।
सरकारी कामका लागी बन्ने उपभोक्ता समिति भन्ने बित्तिकै गाउँ घरमा टाठा बाठाको रजाइँ, त्यसको कामबाट निस्किने नाफा र कमिसन सँग जोड्ने मानसिकता नै बनिसकेको अवस्थामा प्राविधि स्टीमेटभन्दा बढी काम गरेर उदाहरण देखाएको छ भनी वडाध्यक्ष तारा चौलागाईंको भनाई रहेको छ ।
समितिमा बस्न हानथाप र बस्नेहरू बिच लेनदेनको लडाई र झगडाले गाउँमा थुप्रै विवाद हुने तर यस वडाका महिला दिदीबहीनीहरुले उदारणीय कार्य गरेका आफुलाई गर्भ लागेको बताउनु भयो ।
वडाध्यक्ष तारानाथ चौलागाईका अनुसार वडाको तल्लो भेगमा पर्ने यो टोल आवतजावत गर्न सडकको लामो दुरी प्रयोग गर्नुपर्ने, किसानलाई टोल वरपरको खेतमा ट्याक्टर लैजान समस्या र बर्षातमा हिलोका कारण सास्ती व्यहोरेका स्थानीयले पक्की गोरेटो बाटो बनाउन वडा कार्यालयसँग बजेट माग गरेका थिए ।
यसको लागि हामीले वडा कार्यालयबाट ५ लाख रुपैंया बजेट विनियोजन ग¥यौ, त्यस पछि यो योजना सम्पन्न गर्न महिलाहरू जागरूक भएर हामी बनाउँछौँ भनेर आउनुभयो, हामीले महिलाहरू मात्र रहेको उपभोक्ता समिति गठन ग¥यौ र सफल उदारणीय कार्य पनी भएको बताउनु भयो ।
यसरी महिला उपभोक्ता समितिले ४ फिट चौडाइको १ सय ६८ मिटर ढलान सम्पन्न गरेको चौलागाईले बताए। उपभोक्ता समितिका अध्यक्ष सावित्री बस्नेतले जनश्रमदान र समितिको सक्रियतामा काम सम्पन्न गरेर वडालाई हस्तान्तरण गरेको सुनाइन्।
५ लाख रुपैंया बजेट छुट्ट्याइदिनुभएको थियो, काम सम्पन्न भएपछि कर लगायत कटाएर ४ लाख ९२ हजार रुपैंया भुक्तानी आयो’ उनले भनिन ‘हामीले ईष्टमेट भन्दा बढी काम गर्दा समेत ४ लाख ८६ हजार ९ सय ५० रुपैंया मात्र खर्च भएको थियो।
महिलाहरू मात्रै उपभोक्ता समितिमा बसेर गरेको नमुना कामको नगरका उपप्रमुख कमला बस्नेत लगायतले अनुगमन गरेका थिए। वडा कार्यालयका प्राविधिक गौरव बस्नेतले गोरेटो बाटो बनाउन उपभोक्ता समितिले मूल्याङ्कन भन्दा बढी काम गरेको बताउनु भयो ।