Search

दोलखा भिमेश्वरको धार्मिक, साँस्कृतिक महत्व र महिमा सम्वन्धमा छलफल हुने

दोलखा भिमेश्वरको धार्मिक, साँस्कृतिक महत्व र महिमा सम्वन्धमा छलफल हुने

८ माघ, बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखा स्थित साक्षात भगवान भिमेश्वरको धार्मीक, साँस्कृतिक, पुरातात्वीक महत्व र महिमाका सम्वन्धमा छलफल गर्ने उद्देश्यले यही फागुण ७ गते सोमबार दोलखामा बृहत छलफल कार्यक्रम हुने भएको छ ।
संस्कृतीबृत एवं प्रा. डा. जगमान गुरुङज्यूको प्रमुख आतिथ्यतामा हुन गईरहेको उक्त कार्यक्रममा “दोलखाको ऐतिहासिक रुपरेखा” लेखन मध्यका एक बृज्ञ टेकबहादुर श्रेष्ठ लगायत अन्य संस्कृतीप्रेमीहरुकोे उपस्थितीमा उक्त कार्यक्रम हुने थाहा भएको छ ।

यसरी हुन गईरहेको उक्त बृहत छलफल कार्यक्रममा दोलखाका गुठीयार, गुठीयार प्रतिनिधी, स्थानिय सामाजिक संघ–संस्था, संघ–संस्थाका प्रतिधिनी, स्थानिय बुद्धिजिवी, लब्ध प्रतिष्ठीत व्यक्तीहरुको उपस्थितीमा हुनेछ भनी भिमेश्वर व्यवस्थापन समितिका सल्लाहकार युवा समाजसेवी अधिवक्ता प्रविण प्रधानले बताउनु भयो ।

यसरी सस्कृतिवृत, बिज्ञ, ईतिहासकार, लब्ध प्रतिष्ठीत व्यक्तीत्व र संघ–संस्थाको प्रतिनिधीहरुको उपस्थितीमा हुन गईरहेका छलफल कार्यक्रममा उपस्थित भई दोलखा अनि दोलखा भिमेश्वरको महिमा र साँस्कृतिक महत्वको बारेमा थाहा पाउन उपस्थितीको लागि भिमेश्वर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले आग्रह सहित अनुरोध गर्नु भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!