Search

राष्ट्रिय महिला आयोगले विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैंगिकमैत्री बनाउन सरकारलाई सुझाव दिए

राष्ट्रिय महिला आयोगले विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैंगिकमैत्री बनाउन सरकारलाई सुझाव दिए

८ माघ, बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रिय महिला आयोगले विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैंगिकमैत्री बनाउन सरकारलाई सुझाव दिएको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले मुलुकमा विद्यमान हिंसा, विभेद र असमानतालगायतका विकृतिहरुको अन्त्यका लागि पनि विद्यालय तहको पाठ्यक्रम लैंगिकमैत्री हुनुपर्ने आवश्यकता रहेको बताइन् ।आइतबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आयोगका तर्फबाट सुझाव राख्दै उनले विद्यालय तहको पाठ्यक्रममा यौन, प्रजनन् स्वास्थ्य र लैंगिकताका विषयहरुलाई अनिवार्य विषयको रुपमा राख्न सुझाव दिइन् ।

अध्यक्ष पराजुलीले विद्यालय तहमा कार्यरत शिक्षिका र महिला कर्मचारीको क्षमता अभिवृद्धिका लागि पनि सरकारले विशेष खालको प्याकेज कार्यक्रमको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताइन् ।‘विद्यालय तहको पाठ्यक्रमलाई लैंगिकमैत्री हुनु आवश्यक छ । यौन, प्रजनन् स्वास्थ्य र लैंगिकताका विषयहरु पाठ्यक्रममा अनिवार्य समावेश हुनु र पठनपाठन हुनु आवश्यक छ,’ उनले भनिन्, ‘अहिले जे जति समस्याहरु भइरहेका छन् यसबारे हामीले तल्लो तहबाट पढाएर बुझाउँदै जाने हो भने विद्यार्थीहरुको बुझाइ नै फरक बनाउन सकिन्छ जस्तो लाग्छ ।’

उनले विद्यालय शिक्षालाई व्यवहारिक, सीपमुलक र जीवन उपयोगी बनाउनुपर्ने बताइन् ।’समाजमा हिंसा, विभेद, असमानता लगायतका विकृतिहरु बढदै गइरहेको छन् । अब वास्तवमा सदाचार सिकाउने शिक्षा आवश्यक भएको महसुस हुन्छ,’ उनले भनिन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!