Search

नागार्जुन नगरपालीका वडा नं. १ मा स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत घरदैलोमा सर्वेक्षण गर्दै

नागार्जुन नगरपालीका वडा नं. १ मा स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत घरदैलोमा सर्वेक्षण गर्दै

८ माघ, बाँपिझ्याला, काठमाण्डौं । नागार्जुन नगरपालीकामा स्वास्थ्य विमा कार्यक्रम लागु भएसंगै वडा नं. १ रानीवनमा पनी उक्त विमा कार्यक्रम यही २०८० साल माघ ७ गतेबाट सर्वेक्षणको लागि वडावासीको घरदैलोमा आउने भएको छ ।

यसरी घरदैलोमा आउँदा विमा दर्ता सहयोगीलाई आवश्यक सहयोग गरी दिनु भनी वडाध्यक्ष रामेश्वर लामाद्वारा एक सार्वजनिक सुचना जारी गरिएको छ ।

यस बारेमा वडाध्यक्ष रामेश्वर लामाज्युसंग सम्पर्क गर्दा यो कार्यक्रम आवश्यक भएको र वडाभित्र यस कार्यक्रमले कस्तो खालको विरामी कति रहेछ, जेष्ठ नागरिक कति रहेछ भन्ने जानकारी थाहा पाउन सजिलो हुनुका साथै वहाँहरुलाई आफुले पाउने सुविधा वडाबाट पाउने सुविधा दिलाउन सहयोग हुन्छ भनेर शुरु गरिएको बताउनु भयो ।

यसरी दर्ता गराउँदा निम्न कागजजात आवश्यक भएको व्यहोरा सूचनामा जानकारी गराईएको छ ।
नेपाली नागरिकताको प्रतिलिपी,
बच्चाको हकमा जन्मदर्ताको प्रतिलिपी,
जेष्ठ नागरिकको हकमा जेष्ठ नागरिक प्रमाण पत्रको प्रतिलिपी,
अपाङ्गको हकमा परिचय पत्रको प्रतिलिपी,
दिर्घरोगीको हकमा परिचय पत्रको प्रतिलिपी
साथै अस्थायी बसोबासको लागि ६ महिनसम्म वडामा बसेको प्रमाणीत कागज पत्रको, घरपेटीको सिफारिस, बहाल तिरेको रसिद आवश्यक भएको उक्त सुचनामा जानकारी गराईएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!