८ माघ, बाँपिझ्याला, दोलखा । नक्छे प्रधान खलकको हाथ्व (आकाश भैरव) मुर्ति आज नेपाल ल्याईन्र्दैछ । प्राचिन शहर दोलखा स्थित नक्छे प्रधान खलकको कुलघर गुर्कोट टोल दोलखाबाट २०५० फाल्गुण २२ गते र २०५१ फाल्गुण २४ गते नक्छेँ मि (प्रधान परिवार) को कूलघर (देउकुठा) बाट २ वटा हाँथ्व मूर्ति हराएको थियो ।
करिब ३० वर्ष अगाडि प्राचीन दोलखा शहरको नक्छेँमि प्रधान परिवारको कुलघरबाट हराएको धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा प्राचीन महत्वका २ वटा हाँथ्वो देउ (भैरव मास्क) चोरी भएको मूर्ति विदेशी भूमिबाट आज स्वदेश फिर्ता आउने भएको छ ।
यस बारेमा दोलखाका युवा समाजसेवी एवं कालिञ्चोक युवा क्लवका अध्यक्ष अनिल चन्द्र श्रेष्ठले दोलखाको हाथ्व आजभोली फकन्र्दै छ भनेर जानकारी गराउनु भएको थियो । यसरी दोलखाको हाथ्व फर्काउन सहयोग गर्नु हुने सम्पूर्णमा दोलखावासीको तर्फबाट नमन गर्दछौं ।
दुई भैरवका मूर्तिसँगै च्यासलको उमामहेश्वरको र कुन ठाउँको भनेर पत्ता नलागेको दुर्गाको मूर्ति पनि आज सोमबार एकसाथ नेपाल फिर्ता हुन लागेका हुन् ।