Search

सन् १९२४ मा आजकै दिन : भ्लादिमिर लेनिनको मृत्यु

सन् १९२४ मा आजकै दिन : भ्लादिमिर लेनिनको मृत्यु

७ माघ, बाँपीझ्याला, काठमाण्डौं । सन् १९२४ मा आजकै दिन (जनवरी २१) मा कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको मृत्यु भएको थियो । लेनिनको नेतृत्वमा रुसी बोल्सेविक पार्टीले १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गरेको थियो । मार्क्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा उक्त क्रान्तिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

त्यसका साथै, लेनिनले वैज्ञानिक समाजवादी राज्यसत्ताका लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्तसमेत प्रतिपादन गरेका छन् । १८७० को अप्रिल २२ मा जन्मिएका लेनिन आफ्ना दाजु अलेक्जेन्डरको व्यक्तित्वबाट निकै प्रभावित थिए । अलेक्जेन्डर पिटर्सवर्ग विश्वविद्यालयको विद्यार्थी रहेका बेला जारशाहीविरुद्ध क्रान्तिकारी संघर्षमा सक्रिय रूपमा सहभागी हुन्थे ।१८८७ मा रुसी जारशाही शासक अलेक्जेन्डर तृतीयको हत्याको षड्यन्त्रमा संलग्न भएको आरोपमा अलेक्जेन्डर पिटर्सवर्गमा पक्राउ परेका थिए । त्यसै वर्षको मे महिनामा स्लिसेल्वर्ग किल्लामा फाँसी दिइएपछि लेनिनले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गरेका थिए ।

जारशाहीविरुद्ध क्रान्तिकारी संघर्षमा लागेका कारण तत्कालीन सरकारले लेनिनलाई आफ्नो प्रमुख शत्रु ठान्थ्यो । जसका कारण उनी १९०० जुलाई १६ मा निर्वासनमा जान बाध्य भएका थिए । लेनिन १९१७ मा अप्रिल १६ मा एक दशक लामो निर्वासनबाट रुस फर्केका थिए । लेनिनले ‘द स्टेट एन्ड रेभुलुसन’, ‘इम्पेरियलिजम : द हाइएस्ट स्टेज अफ क्यापिटलिजम’, ‘वार’ लगायतका कृति चर्चित छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!