Search

नेवाः देय दवुको दोश्रो राष्ट्रिय परिषद्को बैठक सम्पन्न

नेवाः देय दवुको दोश्रो राष्ट्रिय परिषद्को बैठक सम्पन्न

६ माघ, बाँपिझ्याला, काठमाण्डौं । नेवारहरुको छाता संगठन नेवाः देय दवुको राष्ट्रिय परिषद्को बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वर शंखमुल स्थित एवान ब्यान्केटमा सम्पन्न उक्त बैठकको सभापतित्व नेवाः देय् दवुका अध्यक्ष पवित्र बज्राचार्यले गर्नु भएको थियो ।

यसै गरी महासचिव सत्यनारायण डंगोलले संचालन गरिएको कार्यक्रममा अतिथीहरु दवुका संरक्षक मल्लके सुन्दर, सल्लाहकारहरुमा बरिष्ठ अधिवक्ता पूर्वमहान्याधिवक्ता मुक्तिनारायण प्रधान, डा. पुष्पराज कर्णिकार, सुवर्ण केशरी चित्रकार, बागमती प्रदेश सदस्य शैलेन्द्रमान बज्राचार्य लगायत परिषद्का आमन्त्रीत सदस्यज्यूहरुको उपस्थिती रहेको थियो ।

उपस्थित महानुभावहरुलाई दवुका उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । अध्यक्ष पवित्र बज्राचार्यले भावि कार्य योजना प्रस्तुत गर्नु भएको थियो । यसै गरी संगठनको सांगठनिक प्रतिवेदन महासचिव सत्यनारायण डंगोलले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष निरञ्जरत्न शाक्यले प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रिय परिषद्को बैठकमा मन्तव्य व्यक्त गर्नेहरुमा संरक्षक मल्लके सुन्दर, सल्लाहकारहरु बरिष्ठ अधिवक्ता पूर्व महान्याधिवक्ता मुक्तीनारायण प्रधान, डा. पुष्पराज कर्णिकार र सुवर्ण केसरी चित्रकारज्यू ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसै गरी प्रस्तुत प्रतिवेदन माथी परिषद् सदस्यहरु जितेन्द्र बज्राचार्य, उदेन न्हुसायमी, अमृत बहादुर श्रेष्ठ लगायतले आ–आफ्नो विचार राख्नु भएको थियो । दुवुका महिला उपाध्यक्ष मिसा दवुका निवर्तमान अध्यक्ष रश्मिला प्रजापतीले दुवु र मिसा दवुको बारेका उठेका जिज्ञासाको बारेमा प्रष्ट पार्नु भएको थियो ।

यसरी परिषद्मा प्रस्तुत सांगठनिक, आर्थिक र प्रस्तावित कार्यक्रमहरुलाई सर्वसम्मतीले पास गरिएको छ । अन्तमा उपस्थित सम्पूर्णमा परिषद बैठक सफल बनाउन सहभागी भई सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नु हुर्दै धन्यवाद सहित कार्यक्रमको समापन अध्यक्ष पवित्र बज्राचार्यले गर्नु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!