५ माघ, बाँपिझ्याला, दोलखा । यात्रुहरुलाई सहजताको लागि जिरी नगरपालिकाले आज शुक्रबार देखि जिरी, रस्नालु, बेताली – नमाडी, खिम्ती, मन्थली, खुर्कोट, सिन्धुली, बर्दिबास हुँदै काकटभिट्टा पशुपतिनगरसम्मको रुटमा सार्बजनिक बस सन्चालन गरेको हो ।
जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलको अध्यक्षतामा गत पौष महिनामा सम्पन्न भएको बैठकले यहि माघ तीन गतेदेखिनै बस सन्चालन गर्ने निर्णय भएपनी बिबिध कारणले गर्दा एक दिनपछी बस सन्चालनमा आएको हो ।
जिरी बेताली खिम्ती काकटभिट्टा पशुपतिनगर (इलाम) र जिरी देखि बागमती प्रदेश राजधानी हेटौंडा सम्म नियमित सार्बजनिक रात्रीबस सन्चालन हुँदा पर्यटकीय क्षेत्र जिरीलाई आर्थिक गतिविधि लगाएत पर्यटन प्रबर्द्धनका लागि महत्त्वपूर्ण योगदान पुग्ने जिरी नगरपालिकाले जनाएको छ ।
उल्लेखित रुटमा सार्बजनिक बस सन्चालनका लागि रोल्वालिङ यातायात सहकारी संस्था लिमिटेड, पुर्ब अरनिको यातायात प्रा।लि, सुनौलो बिपि यातायात प्रा।लि र पुर्ब मेची बस ब्यबसायी प्रालीले समन्वय गरिएको पाईन्छ । जिरीबाट काकटभिट्टा पशुपतिनगरको भाडा दर र रात्रीबस छुट्ने समय भने अहिलेनै निर्धारण गरिएको छैन ।
साथै यो सेवालाई निरन्तरता दिन र सबै लागि पर्नका लागि जिरी उद्योग बाणिज्य संघ, यातायात ब्यबसायी, होटल ब्यबसायी, राजनीतिक दलका पार्टी प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सन्चारकर्मी लगाएत समस्त जिरीबासीलाई नगरपालिकाले विशेष अनुरोध गरिएको छ ।