Search

शिक्षाविद्हरूले विद्यालय शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्नेमा सुझाव दिए

शिक्षाविद्हरूले विद्यालय शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्नेमा सुझाव दिए

५ माघ, बाँपीझ्याला, काठमाण्डौं शिक्षाविद्हरूले विद्यालय शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्नेमा सुझाव दिएका छन् । प्रतिनिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बुधबार विद्यालय शिक्षा विधेयकका बारेमा धारणा राख्दै शिक्षाविद्हररूले संशोधनमात्रै नभई विधेयकको पुनर्लेखन आवश्यक रहेको बताएका हुन् ।

विद्यालय शिक्षा विधेयकमा शिक्षाको गुणस्तर, शिक्षण सिकाई प्रक्रिया, प्रक्रियामुखी वा परिणाममुखी शिक्षा बनाउने, लगानी, जिम्मेवारी लगायतका धेरै विषय स्पष्ट नभएकाले धेरै विषय पुनर्लेखन गर्न आवश्यक रहेको शिक्षाविद्हरूको सुझाव थियो । शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले समितिले शिक्षा विधेयकलाई संशोधनमात्रै गर्ने भए सुझाव दिनु बेकार हुने भन्दै पुनर्लेखन गर्न सुझाव दिए । उनले शिक्षा विधेयकलाई ऐन बनाउने कि मापदण्डमात्र बनाउने ? भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए ।

विधेयकमा विद्यार्थीलाई पढाउनको लागि साँच्चै शिक्षक कस्तो हुने भन्ने विषयमा समेत स्पष्ट रुपमा लेखिनुपर्ने उनको भनाइ थियो । उनले शिक्षकलाई शिक्षण सिकाई प्रक्रियामा तयार गर्ने डिजाइनका विषयमा समेत विधेयकमा राख्नुपर्नेमा जोड दिए । उनले शिक्षकलाई सहयोग गर्ने धेरै कुराहरू विधेयकमा रहेको भन्दै सुविधा दिने विषयमा सोच्नुपर्ने बताए ।\उनले विधेयकमा गुठीको विषय रहेको भन्दै गुठीमात्रै उत्तम विकल्प नभएको बताए । उनले गुठीका विद्यालयहरूले शिक्षकलाई न्याय गरे पनि समाजलाई न्याय गर्न नसकेको बताए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!