Search

लघुकथा – पराकाष्ठा

लघुकथा – पराकाष्ठा


मिसु श्रेष्ठ

ऊ मेचमा गएर थचक्क बस्यो। एउटा मान्छेले निकै घुरेर हे¥यो । ऊ अलि हच्क्यो।
दोस्रो दिन पनि त्यसरी नै बस्यो । त्यस मान्छेले उसलाई ठेल्यो। ऊ छेउतिर सर्यो ।
एवम् रित ऊ बस्ने र त्यसले ठेल्ने क्रम जारी रह्यो ।

त्यसको बारेमा खोजीनिधी गर्यो।यो सार्वजनिक ठाउँमा त्यो धेरै अघि बस्दै आएको रहेछ। त्यसले अरू बस्यो भने आफ्नो अधिकार खोसेको ठान्दो रहेछ। कसैलाई टिक्न नदिने रहेछ।
“उफ्! म के गरूँ ? मेरो कुनै स्वार्थ छैन । एकैछिन गाडी नआउञ्जेल पर्खने त हो। आउँदा बस्दा त मित्रता पो बढ्नुपर्ने ।“ ऊ मनमनै बोल्यो ।

जब त्यहाँ नबस्ने निश्चय गर्यो तब आँधिहूरी सहित घनघोर वर्षा भयो ।ऊ बााध्ययताबस् छेउमा बस्यो । त्यसले हत्तपत्त ठेल्न आयो । त्यसले ठेल्ने र ऊ स्थीर रहने प्रयत्न हुँदै थियोे ।त्यो भूईँमा नमज्जाले पछारियो।

“ मलाई तिमीले धकालेको होइन ?“ त्यसले सोध्यो ।
“हो। “ ऊ निर्धक्क बोल्यो।
“ किन?“ त्यसले प्रश्न गर्यो।

तिमीलाई नलडाएको भए मलाई लडाउँथ्यौ। आफ्नो रक्षार्थ तिमीलाई लडाउन तिमीले नै विवश पार्यौ।ऊ कठोरतापूर्वक बोल्यो ।

२०८०/१०/०२
हाल काँडाघारी, काठमाडौँ

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!