Search

लामावगरवाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा परी एकको मृत्यु

लामावगरवाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा परी एकको मृत्यु

१ माघ, बाँपिझ्याला, दोलखा । दोलखाको उत्तरी भेग लामावगरवाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिगु गाउँपालिका वडा नम्बर १ लामावगरवाट लप्चि जाने सडकको ट्रयाक खन्ने क्रममा एक्कासी खसेको सुख्खा पहिरोमा परि एक नासा हाइड्रो पावरका कामदारको मृत्यु भएको हो ।

यस बारेमा दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सुख्खा पहिरो झर्दा ढुँगाले लागेर नासा हाइड्रोमा काम गर्ने कामदारको मृत्यु भएको जानकारी दिनुभयो । अहिलेसम्म मृतकको नाम खुल्न बाँकी रहेको छ ।

दुई जना घाइते पनि सोही हाइड्रोमा काम गर्ने कामदार भएको बताइएको छ । पहिरोपछि लामावगरवाट लप्चि जाने वाटो अवरुद्ध भएको छ । पहिरोका कारण बाटो अवरुद्ध भएको र मौसम समेत प्रतिकुल भएका कारण हेलिकोप्टर पठाउन नसक्दा घाइतेको उद्धार हुन सकेको छैन ।

घाइतेको उद्धारकालागि श्री एयर लाइसेन्सको हेलिकोप्टर मगाए पनि आइनपुगेको स्थानीयले बताएका छन् । लामावगर प्रहरी चौकीवाट प्रहरी सहायक निरिक्षक कैलाश कार्कीको नेतृत्वमा ५ जना प्रहरी र नेपाली सेनाको जमदारको कमाण्डमा ५ जना सेनाको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

उद्धारकालागि इलाका प्रहरी कार्यालय सिंगटीवाट पनि प्रहरी निरिक्षक विक्रम लामाको नेतृत्व थप प्रहरी बल घटनास्थलतर्फ खटिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!