Search

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड–२०२४ को आवेदन फारम खुल्ला

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड–२०२४ को आवेदन फारम खुल्ला

१ माघ, बाँपिझ्याला, काठमाण्डौं । गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्डको आवेदन खुल्ला नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि.ले पहिलोपटक गर्न लागेको छ । गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड–२०२४ को नामबाट आवेदन फारम खुल्ला गरिएको छ। यसरी फाराम भर्न गीतको नाम वा युट्युब लिंक, सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर आवश्यक रहेका छ ।

साथै २०७९ सालदेखि २०८० पौष १५ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीत र फिल्मले अवार्डमा भाग लिन पाउने जनाएको छ । गीत संगीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिएको नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि.लेका निर्देशक सुर्य मम्बा तामाङले बताएका छन् ।

यस्तै नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धनका साथै कलाकारहरुको मनोबललाई उच्च बनाउन कार्यक्रमको आयोजना गरिएको तामाङले बताए।

यसरी सांगीतिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ। आधुनिक, लोक, पप, लोकदोहोरी, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा अवार्डमा समावेश गरिने छ ।

गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, कोरियोग्राफर, मोडल सहित विभिन्न ५६ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। टप–५ नोमिनेशन आगामी माघ तेश्रो साताभित्र सार्वजनिक गरिने छ भने अवार्ड समारोह फागुनमा काठमाडौँमा आयोजना हुने बताएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!