Search

भीमेश्वर मन्दिर परिसर पूर्वाधार सुधारका लागि दिवंगत धर्मपत्नी शारदा श्रेष्ठको सस्मरणमा १ लाख ११ हजार १ शय ११ रुपैया सहयोग

भीमेश्वर मन्दिर परिसर पूर्वाधार सुधारका लागि दिवंगत धर्मपत्नी शारदा श्रेष्ठको सस्मरणमा १ लाख ११ हजार १ शय ११ रुपैया सहयोग

१ माघ, बाँपिझ्याला, दोलखा । भीमेश्वर मन्दिर परिसर पूर्वाधार सुधारका लागि दिवंगत धर्मपत्नी शारदा श्रेष्ठको सस्मरणमा पुर्ख्यौली घर प्राचिन शहर दोलखा भई हाल इलाम हुॅदै काठमाडौं महानगरपालिका वडा नं. ६ चावहिल निवासी कृष्ण नारायण श्रेष्ठ र उहाँको परिवारबाट रु. १ लाख ११ हजार १ शय ११ रुपैया सहयोग गरेको छ ।

आज मिती २०८० साल पुस २८ गते शनिबार भीमेश्वर मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको छ भनी भीमेश्वर व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, पुर्ववडाध्यक्ष एवं व्यवस्थापन समिती सल्लाहकार सदस्य विराजमान श्रेष्ठ, व्यवस्थापन समितीका सचिव राजेन्द्रनाराययण श्रेष्ठ, कोषाध्यक्ष सुरेश श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यहरु र शुभचिन्तक दोलखावासीको रोहवरमा उक्त सहयोग रासि हस्तान्तर गरिएको हो ।

यस कार्यको लागि सहयोगी दाता र वहाँको सम्पूर्ण परिवारलाई दोलखा भीमेश्वरको कृपाले सदादिन सुख खुसी र समृद्धी राखोस् अनी आशिक प्रदान गरोस् भनी भगवानसँग भक्तीभाव गरिएको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!