Search

दोलखा बैतेश्वर गाउँपालीकाको हिउँदे अधिवेशन शुरु, शंसोधित बजेट तथा कार्यक्रम प्रस्तुत

दोलखा बैतेश्वर गाउँपालीकाको हिउँदे अधिवेशन शुरु, शंसोधित बजेट तथा कार्यक्रम प्रस्तुत

२८ पुष, बाँपिझ्याला, दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकाको चौधौं गाउँसभाको हिउँदे अधिवेशन आज शनिवार देखि सुरु भएको छ् । पालिका अध्यक्ष छबी लामाको अध्यक्षयतामा शनिवार उद्घाटन गरिएको चौधौं गाउँसभाले पुँजीगत तर्फका विभिन्न कार्यक्रम तथा बजेटलाई संशोधन गरेको छ ।

यसै गरी गाउँसभामा उपाध्यक्ष कल्पना उप्रेतीले करिब ४ करोड २५ लाख बराबरको संशोधित बजेट तथा कार्यक्रमलाई सभामा पेस गर्नु भएको थियो । सभाले पुँजीगत तर्फ विभिन्न शिर्षकहरु शिक्षा, स्वास्थ्य, कृषि, सडक, भवन, गोरेटो बाटो, रोजगार, धार्मिक तथा पर्यटकीय क्षेत्र, खानेपानी, सँचार लगायतका क्षेत्रमा संशोधित बजेट विनियोजन गरिएको छ ।

गाउँसभाले सभामा पेस गरिएको आर्थिक विधेयकलाई समेत पारित गरेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताउनु भएको छ । संशोधित बजेट तथा कार्यक्रममा सबै वडालाई सम्मान हिसाबले कार्यक्रम वितरण गरिएको उपाध्यक्ष उप्रेतीले प्रस्तुत गरेको निति तथा कार्यक्रम र बजेट पुस्तिकामा उल्लेख गरिएको थियो ।

गाउँसभामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडापालिका सदस्य, कर्मचारी, र स्थानीय वासिन्दाहरुको उपस्थिति रहेकोे वैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले जानकारी दिनुभयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!