Search

क. कृपाश्वरको सस्मरणमा १५ औं स्मृती सभा सम्पन्न, शर्माको अध्यक्षतामा ९ सदस्यीय समिती पुर्नगठन

क. कृपाश्वरको सस्मरणमा १५ औं स्मृती सभा सम्पन्न, शर्माको अध्यक्षतामा ९ सदस्यीय समिती पुर्नगठन

बाँपिझ्याला, काठमाण्डौं । नेकपा माओवादीका नेता क. कृपाश्वर कृष्ण प्रसाद दाहालको सस्मरणमा आज १५ औं स्मृती सभा सम्पन्न भएको छ । नेकपा माओवादीको केन्द्रिय कार्यालय कोटेश्वर स्थित पेरिडडाँडामा सम्पन्न उक्त स्मृती सभा कृपाश्वर स्मृती प्रतिष्ठानका अध्यक्ष देवराज शर्माको सभापतीत्वमा संचालन गरिएको थियो ।

उक्त स्मृती सभामा प्रमुख अतिथी संघिय सासंद गंगा कार्कीको आतिथ्यता रहेको थियो । यसै गरी नेकपा माओवादी स्यायी समिती सदस्य एवं पूर्व सभामुख ओन्सारी घर्तिको विशेष आतिथ्यता रहेको थियो ।

विशिष्ठ अतितीहरुमा नेकपा माओवादीका केन्द्रिय सदस्य एवं पूर्व भौतीक योजना राज्य मन्त्री देवी खड्का, केन्द्रीय सदस्य पूर्व वन मन्त्रि युवा नेता विशाल खड्का, केन्द्रिय सदस्य नरबहादुर पाख्रिन, सभासद् हेम श्रेष्ठ, केन्द्रिय सदस्य बलराम थापा लगायत पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य भुमीराज चौलागाईं, दोलखा जिल्लाका सचिव ज्योती श्रेष्ठ, काठमाण्डौं समन्वय समितीका अध्यक्ष, हरि फूल्याल, सचिव ईराज रावत लगायत पदाधिकारी तथा सदस्यहरु, शहिद परिवारका तर्फबाट पूर्व सासंद हिमाली गोले, यातायात मजदुर संगठनका केन्द्रिय सचिव सुन्दर के.सी., वाईसिएलका केन्द्रीय सचिव दिनेश थपलीया, अनेरास्ववियुका उपमहासचिव कल्याण दहाल, पार्टीका भातृ संगठनका केन्द्रीय नेता तथा शुभचिन्तक नेता कार्यकर्ता र क.कृपाश्वरका घरपरिवारका सदस्यहरुमा छोरा किशोर दहाल, छोरी सुसिला दहाल भट्टराईको उपस्थिती रहेको थियो ।

स्मृती सभामा क. कृपाश्वर र वहाँका घरपरिवारका अन्य सदाहत प्राप्त सदस्यहरुको सस्मरण र ज्ञात अज्ञात शहिदहरुको सस्मरणमा १ मिनेट मौन धारण गरी शुरु गरिएको उक्त स्मृती सभा प्रतिष्ठानका सचिव दिपेन्द्र दहालले संचालन गर्नु भएको थियो ।

क.कृपाश्वरको सस्मरणमा वहाँको त्याग, अनुभव र परिकल्पनाको बारेमा आ–आफ्नो अनुभूतीहरु व्यक्त गर्दै सस्मरण गर्नेहरुमा संघिय सासंद गंगा कार्की, माओवादी स्यायी समिती सदस्य पूर्व सभामुख ओन्सारी घर्ति, केन्द्रिय सदस्य एवं पूर्व मन्त्रि युवा नेता विशाल खड्का, केन्द्रिय सदस्य बलराम थापा र घरपरिवारको तर्फबाट छोरा किशोर दहालले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसै गरी उक्त स्मृती भेलाले देवराज दहालको अध्यक्षतामा ९ सदस्यीय समिती पुर्न गठन गरिएको छ । जसमा उपाध्यक्षहरुमा किशोर दहाल, मनिका दहाल, सचिवमा दिपेन्द्र दहाल, सह–सचिवमा शुसिला शर्मा, कोषाध्यक्षमा दोलखा काठमाण्डौं सम्पर्क समितीका सचिव ईराज राउत, सदस्यहरुमा कर्मा शेर्पा, सम्पर्क समितीका अध्यक्ष हरि फूल्याल, जिरी नगरपालीका वडाध्यक्ष शान्ता नेपाली रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!